“नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ”

२०८१-०८-२४

उपत्यकाका विभिन्न स्थानमा रहेको क्यासिनोहरूमा नेपाली व्यक्तिहरूले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८१।०८।२३ गते का.जि. का.म.न.पा.वडा नं. १६ ठमेल स्थित छाँया सेन्टरमा रहेको CASINO WALDO DYNASTY मा जुवा खेलिरहेको अवस्थामा जि.चितवन, राप्ती न.पा.वडा नं.०१ स्थायी वतन भई हाल का.जि.रातोपुल बस्ने वर्ष ३७ को विशाल बर्तौलालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको पाईएकोले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।

क्राउ व्यक्ति;

नाम: विशाल बर्तौला

उमेरः ३७ वर्ष

ठेगाना :  जि.चितवन, राप्ती न.पा.वडा नं.०१

      हालः का.जि.रातोपुल ।