“FiFiiA App मार्फत अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ”

२०८०-०६-०४

पिडितहरुलाई Facebook, WhatsApp, Viber जस्ता सामाजिक संजालको माध्यमबाट साथी बनाई निजहरुको Gmail ID मा  FIFIIA App को URL Link पठाई FIFIIA Apps Installation गर्न लगाई बैंक खाता लगायतको बायोडाटा विवरण Update गर्न लगाई पिडिहरुलाई सोहि Apps बाट हुने आर्थिक कारोबार नेपालमा कानुन बमोजिम छ भनी बिश्वास दिलाई Illegal Gambling Application FiFiiA App भित्र बिभिन्न देश बीच हुने फुटबल लगायत Online Game को advertisement राखी पिडितहरुलाई Online Betting game खेल्नको लागी रकम डिपोजिट गर्न लगाईरकम डिपोजिट गरेको ९० मिनेट भित्र लगानी गरेको रकममा 1.48% का दरले फाईदा हुन्छ भन्ने जस्ता झुट्ठा आश्वासन दिई प्रलोभन देखाई जम्मा रु. 11,27,000 ।- बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न जिल्ला भोजपुर हतुवागढी गाँउपालिका वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं. ६ बस्ने बर्ष २८ कि दादिकि शेर्पा (राई) लाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसुर आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको ।

v पक्राउ ब्यक्तिको विवरण:

१. नामथर : दादिकि शेर्पा (राई)

    उमेर      : २८ बर्ष

    ठेगान    : जिल्ला भोजपुर हतुवागढी गाँउपालिका वडा नं. ६

    हाल     : जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नं. ६