प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
परिचय

 

पृष्ठभूमी

 

देशमा बढदै गएको अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार, खुलापन, बढ्दो बेरोजगारी तथा संगठित अपराधिक गिरोहहरुको गैह्रकानूनी गतिविधीका कारण काठमाण्डौं उपत्यकामा देखा परेका परम्परागत र आधुनिक प्रकृतिका अपराधहरुको प्रभावकारी नियन्त्रण र वस्तुनिष्ठ अनुसन्धान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व हो। चुनौतीपूर्ण दायित्व र जिम्मेवारीलाई आत्मासाथ गर्दै अपराध विरुद्धको अभियानलाई प्रभावकारी र परिणाममुखी बनाउने कार्यनीति अनुरुप काठमाण्डौ उपत्यकाभित्र हुने अपराधहरुको नियन्त्रण तथा अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी २०६३ मंसिर १ गतेबाट तत्कालिन उपत्यका अपराध अनुसन्धान शाखाको स्तरोन्नती समेत गरी यस महानगरीय अपराध महाशाखाको स्थापना गरिएको हो।

काठमाण्डौं उपत्यकाको बढ्दो जनघनत्व र अपराधमा प्रयोग भैरहेको आधुनिक प्रविधिको कारण यस महाशाखाको कार्यसम्पादनलाई गुणात्मक रुपमा अभिवृद्धि गर्दै लैजानुपर्ने यथार्थता अनुरुप उपलब्ध सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी अपराधको परिणाममुखी र वस्तुनिष्ठ अनुसन्धान गर्ने जिम्मेवारी नै यस महाशाखाको मुख्य प्राथमिकता रही आएको छ। मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत प्रहरीलाई अनुसन्धान गर्ने अख्तियारी प्राप्त मुद्धाहरुको दायराभित्र पर्न आउने अपराधहरु मध्ये काठमाण्डौं उपत्यकामा घटित बिभिन्न प्रकृतिका अपराधहरुको अनुसन्धान र नियन्त्रण गर्दै सुरक्षित काठमाण्डौ उपत्यकाको अवधारणालाई साकार पार्ने कार्यमा यस महाशाखा निरन्तर लागि परेको छ। सुरक्षित उपत्यकाको अवधारणा र परिणाममुखी अनुसन्धान भन्ने मुख्य अभिभारालाई आत्मसात गरी फौजदारी कानूनको प्रभावकारी कार्यान्वयनमा समर्पित रहँदै व्यावसायिक निष्ठाका साथ आम नागरीकको भावनाको कदर गर्दै जिम्मेवारी अनुरुपको कार्यसम्पादनमा यस महाशाखा क्रियाशील रही आएको छ।

 

हाम्रो मिशन (Our Mission)

“सुरक्षित उपत्यकाको अवधारणा अनुरुप अपराधको नियन्त्रण र परिमाणमुखी वस्तुनिष्ठ अनुसन्धान”

 

हाम्रो मूल्य मान्यताहरु (Our Norms and Values)

  • व्यावसायिकता

  • मर्यादा र सम्मान
  • समर्पण
  • उत्कृष्टता

 

हाम्रो अभिव्यक्ति (Our Motto )

  • निष्ठा (Integrity)

  • निष्पक्षता (Impartiality)
  • व्यावसायिकता (Professionalism)

 

हाम्रो प्राथमिकताहरु (Our Priorities)

  • बिभिन्न अपराधहरुको प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान

  • संगठित अपराधमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी दायरामा ल्याउने
  • प्रविधियुक्त व्यावसायिक अनुसन्धान
  • दण्डहिनताको अन्त्य गरि प्रभावकारी कानून कार्यान्वयन

 

दरबन्दी संख्या - १५४

  • प्रहरी बरिष्ठ उपरीक्षक -१

  • प्रहरी उपरीक्षक      -२
  • प्रहरी नायव उपरीक्षक -५
  • प्रहरी निरीक्षक -१३
  • प्रहरी नायव निरीक्षक -३५
  • प्रहरी सहायक निरीक्षक -५०
  • प्रहरी हवल्दार -३२
  • प्रहरी जवान -१५
  • कार्यालय सहयोगी -१

 

कार्य विभाजन

 

पिलर १

  • कर्तव्यज्यान

  • ज्यान मार्ने उधोग
  • वन्यजन्तु सम्बन्धि अपराध

  • लागूऔषध

  • राज्य विरुद्ध अपराध

 

पिलर २

  • डाका

  • चोरी

  • पुरातात्विक चोरी

  • सवारी साधन चोरी
  • लुटपाट 

 

पिलर ३

  • ठगी तथा खोटाचलन

  • संगठित प्रकृतिका आर्थिक अपराध

  • सामाजिक सुरक्षा तथा मर्यादालाई असर पार्ने गम्भीर दुराचार
  • सार्वजनिक स्वास्थ्य
  • खाद्य व्यापार

 

पिलर ४

  • व्यक्तिको अपहरण

  • वारेण्ट जारी पक्राउ

  • व्ल्याकमेल

  • संगठित अपराध

 

पिलर ५

  • Communication Information Technology Crime

  • साइवर अपराध

  • प्रतिलिपि अधिकार सम्बन्धि अपराध

 

पिलर ६                                                                                             

  • Intelligence Unit

  • Criminal Intelligence

  • Special Intelligence

  • Security Intelligence

 

पिलर ७

  • अभिलेखीकरण

  • रिटको जवाफ

  • Court Liaison  

  • फरार अभियुक्त/अपराधीहरुको पक्राउ

  • SOCO

 

पिलर ८

  • वैदेशिक रोजगार सम्बन्धि पिडित सहायता र उद्धार

  • मानव वेचविखन तथा ओसारपसार
  • जवरजस्ती करणी, ज.ज.क.उ.सम्बन्धित अपराध

 

अन्य

  • लेखा शाखा / जिन्सी शाखा

  • प्रशासन शाखा

  • सवारी शाखा

  • PRCB ललितपुर

  • PRCB भक्तपुर

  • PCCB १४ बृत्त