प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी सेवाहरु
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

सम्पर्क नं. :-९८५१२८००१३

mpcdspokesperson@gmail.com

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२९

वादी नेपाल सरकार प्रतिवादी भिम प्रसाद निरौला भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१२ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: भिम प्रसाद निरौला   उमेर: ६२ बर्ष   ठेगाना: जिल्ला दार्चुला महाकाली न.पा.वडा नं.४ घर भई हाल जि. ललितपुर  महालक्ष्मी न.पा. वडा नं. ८ बस्ने   बिगो: रु. २०,००,०००/-( बीस लाख रुपैंया )   पक्राउ मिति: २०८२।०३।२८ गते   पक्राउ स्थान:  जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ ईमाडोलअनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø जिल्ला प्रहरी परिसर ललितपुरमा  मिति २०८१।०१।२४ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।         

  • “डलर साटीदिन्छु भनि ठगी गर्ने मानिसहरु पक्राउ”
    २०८२-०३-२७

    पीडितलाई ९७६२६३४८६१ नम्बरको मोवाईलबाट सम्पर्क गरी आफुसंग ६ हजार अमेरिकन डलर छ, तपाई ७ लाख नेपाली रकम दिनु भनी विभिन्न परिपन्च गरी मिति २०८२/०३/२२ गते जिल्ला भक्तपुर चागुँनारायण न.पा.वडा नं. ४ हलछाप स्थित एकान्त जंगलमा लगी समुहमा रहेका ५/६ जना व्यक्तिहरुले एक्कासी पीडितको मुख थुनी नक्कली पेस्तोल देखाई पीडितको साथमा रहेको आईफोन मोबाईल र नगद रु.७,००,०००।- (सात लाख) जबरजस्ती खोसी फरार भएको घटनामा संलग्न रहेका निम्न व्यक्तिहरुलाई यस कार्यालय मातहत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले मिति २०८२।०३।२६ गते  भक्तपुर जिल्लाको बिभिन्न स्थानबाट घटनामा प्रयोग भएको मोटरसाइकल लगायतका निम्न दसीहरू सहित पक्राउ गरी निजहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।पक्राउ व्यक्तिहरूको विवरण:- १.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २८ को  पर्वत तामाङ भन्ने कर्म वाङगेल पाइन ।२.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३  धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष २५ को प्रकाश तामाङ भन्ने सुर्य बहादुर पाइन ।३.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३  धार्पा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ बोडे बस्ने बर्ष ३६ को सागर भन्ने सन्तबिर पाइन । ४.      जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं. ३ धार्पा घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १६ धापाखेल बस्ने बर्ष ३५ को बिष्णु कुमार रुम्बा ।बरामद सामान:-बा ७६ प ५९३१ नम्बरको स्कुटर ।बागमति प्रदेश ०२-०५३ प २७८० नं. पल्सर मोटरसाईकल ।रु. ७,२०००।- रकम उल्लेख भएको चेक थान १ ।नेपाली रू.६४,०४०।- (चौँसठ्ठी हजार चालिस रुपैया) ।रकम जम्मा गरेको ग्लोवल आई.एम.ई वैकको रसिद थान १ विभिन्न कम्पनीका मोबाइलहरू थान-१० ।

    [ विस्तृतमा ]
  • “फरार प्रतिवादी पक्राउ”
    २०८२-०३-२७

    वादी नेपाल सरकार प्रतिवादी शिव शंकर बराल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१९ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।  पक्राउ प्रतिवादीको विवरण:-   नामथर: शिव शंकर बराल   उमेर: ६२ बर्ष   ठेगाना: जिल्ला महोत्तरी बर्दिवास न.पा.वडा नं.६ घर भई हाल जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन बस्ने   बिगो: रु. २०,००,०००/-(बीस लाख रुपैंया)   पक्राउ मिति: २०८२।०३।२७ गते   पक्राउ स्थान:  जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू: Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा  मिति २०८२।०१।१२ गते  दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।     

    [ विस्तृतमा ]
  • "वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
    २०८२-०३-२७

    बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :- बिमला दनुवारउमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं.०९ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश             :- अल्बानियाविगो रकम    :- रु. ८,००,०००।-(आठ लाख)पक्राउ मिति  :- २०८२/०३/२६ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । पीडित संख्या :- ४ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।२. नाम थर      :- राम कुमारी रोक्का मगर उमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला कास्की पोखरा  म.न.पा. वडा नं.२६ ।हाल           :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ । देश            :-  अल्बानियाविगो रकम   :- रु.२,००,०००।-(दुई लाख)पक्राउ मिति  :- २०८२/०३/२६ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०१ । पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं ।

    [ विस्तृतमा ]
कुनै परिणाम भेटिएन...
कुनै परिणाम भेटिएन...
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा ६७१जना प्रहरी जवानहरु दिक्षित भएका छन्
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।