प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सुरक्षित रहने उपायहरु

 

"महानगरीय प्रहरी अपराध महाशाखा मिनभवनको अनुरोध"
व्यक्तिगत सुरक्षाका उपायहरु अबलम्वन गरी आफुलाई सुरक्षित राख्नुहोस ।
 

  • व्यक्तिगत सुरक्षाका केही उपायहरु :-
    - आफु आफै प्रति इमान्दार बन्नुहोस र विद्यमान एवं संभावित खतरा प्रति सजग रहनुहोस् ।
    - अनावश्यक रुपमा असम्वद्ध व्यक्तिहरुलाई आफ्नो पृष्ठभूमी, पारिवारीक जानकारी तथा परिचय नदिनुहोस् ।
    - अनावश्यक रुपमा अपरिचित व्यक्तिहरुसंग सम्वन्ध नबढाउनुहोस् ।
    - भरसक रातको समयमा हिडडुल नगर्नुहोस,रातको समयमा वाहिर जानै पर्ने भएमा साथी लिएर जानुहोस् ।
    - अनावश्यक रुपमा गहना, वहुमुल्य सामान तथा सम्पती आदीको प्रदर्शन नगर्नुहोस् ।
    - आफ्नो क्रियाकलाप तथा कार्यक्रमहरुको वारेमा आफ्नो पारिवारका सदस्यहरुलाई जानकारी दिएर हिड्ने गर्नुहोस् ।
    - नजिकको प्रहरी तथा सुरक्षा निकायहरुको सर्म्पर्क नम्बर राख्नुहोस र आवश्यक परेमा तुरुन्त खवर गर्नुहोस ।
    - साथमा आफ्नो परिचयपत्र, रक्त समूह र पुरानो विरामीको वारेमा समेत जानकारी खुल्ने कागजातहरु राख्नुहोस् ।
    - शंकित व्यक्तिले प्रयोग गर्ने सवारी साधन, मोवाईल, टेलिफोन र निजको साथी संगती एवं हुलियाको वारेमा बढी भन्दा बढी जानकारी लिनुहोस् ।
    - अपराध विरुद्धको लर्डाईमा एकजुट हुनुहोस । कुनै पनि आपत विपत परेमा १०० मा फोन गरि जानकारी दिनुहोस् र सहयोग लिनुहोस
  • चोरी डकैती तथा लुटपाबाट वच्ने केही उपायहरु :-
    - बहुमुल्य गहना, वस्तु तथा ठुलो रकम लिएर एक्लै नहिड्नुहोस् ।
    - छिमेकी, आफ्नो समुदायमा सदभाव र समन्वय राख्नुहोस र अपराधी विरुद्ध सामुहिक कारवाही गर्नुहोस् ।
    - अपरिचित व्यक्तिहरुसंग अनावश्यक वातचित नगर्नुहोस र उनिहरुलाई घर कम्पाउण्ड प्रवेश गर्न नदिनुहोस् ।
    - टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरु देखापरेमा विशेष न्रि्रानी राख्नुहोस् ।
    - घरको सुरक्षाको लागि सुरक्षाका उपकरणहरु र प्रविधिहरु जस्तै पर्याप्त उज्यालोको व्यवस्था,आपतकालिन साईरन, सिसि टिभी वा स्थानीय     स्तरमा  उपलब्ध उपायहरु अवलम्वन गर्नुहोस .
    - घरमा काम गर्ने वा भाडामा वस्ने व्यक्तिहरुको फोटो र स्थायी, अस्थायी ठेगाना राख्नुस् तथा चालचलनमा ध्यानदिनुहोस् ।
    - टोल छिमेकमा रहेका बदमास र घरमा आवत जावत गर्ने अपरिचित व्यक्तिहरुमाथि सक्दो निगरानी राख्नुहोस ।
    - राती घर कम्पाउण्ड र कौशीमा पर्याप्त प्रकाशको व्यवस्था गर्नुहोस् । सम्भव भए सम्म कुकुर पाल्नुहोस् ।
    - घर छोडी बाहिर जानु पर्दा वा राती सुत्नु भन्दा अगाडी राम्ररी ढोका बन्द वा झ्याल ढोकाहरुमा चुकुल गजबार वा पर्दा राम्ररी लगाएको छ छैन -   भन्ने बारे ध्यान दिनुहोस् ।
    - लामो समयसम्मको लागि घरबाट बाहिर जानुपर्दा आफ्नो विश्वासिलो व्यक्तिलाई जानकारी दिनुको साथै दैनिक रुपमा घरमा बसी लिंदै आएको   सामाग्री लिन बन्द गरेर जानुहोस् ।
    - मनोरञ्जन वा अन्य कार्यका लागि एउटै कोठामा जम्मा हुंदा घरका अरु कोठा राम्ररी बन्द गर्नुहोस् ।
    - भुईतला भन्दा माथि वा सामान्यरुपमा नदेखिने स्थानमा बसेर व्यापारीक कारोवार गर्ने व्यवसायीहरुले आपनो कारोवारको विषयमा र चाहिने   सुरक्षा सम्बन्धमा प्रहरीलाई पहिले देखि नै जानकारी गराउनुहोस् ।
    - चोरी डकैती हुनको लागी चोर-डाका, वहुमुल्य वस्तु र मौका एकै पटक मिलेमा मात्र सम्भव हुन्छ । यसैले हाम्रो सतर्कता र व्यवस्थाले यी तीन   तत्वलाई एकसाथ मेल खान नदिएमा कुनै पनि घटना भई क्षति हुनबाट हामीलाई वचाउँछ । अपराधीलाई मौका नदिनुहोस् र सुरक्षित बन्नुहोस् ।
  • धम्की र अपहरणबाट वच्ने केहि उपायहरु :-
    - निर्जन वा एकान्त ठाउंमा एक्लै नहिडनुहोस् ।
    - घरको टेलिफोनमा caller ID राखी call record राख्नुनुहोस ।
    - टोल सुधार समिति गठन गरी टोल छिमेकमा सुसम्वन्ध कायम गर्नुहोस् र एकअर्का प्रति सहयोगी वन्नुहोस् ।
    - कुनै पनि माध्यमबाट धम्की वा ठगी गर्ने किसिमको सूचना प्राप्त भएमा शान्त भएर कुरा सुननुहोस् र बढि भन्दा बढि अर्को पक्षको बारेमा     जानकारी  लिनुहोस् । जस्तै: टेलिफोन नं., गाडी - सम्पर्क स्थान, बोल्ने लवज, हुलिया आदिको बारेमा ख्याल राख्नुहोस् ।
    - केटाकेटी र विशेष गरि युवतीहरुलाई साथी बिना हिड्न नदिनुहोस् ।
    - छोरा छोरीहरुलाई स्कूल जाँदा आउँदा र साथीहरुकोमा पठाउदा सजगता अपनाउनुुहोस र प्रत्येक नजिकका साथीहरु र अभिभावकहरुको   सर्म्पर्क नं. राख्नुहोस् ।
    - रातको समयमा आउने अपरिचित मानिसको सही पहिचान नभई कहिल्यै ढोका नखोल्नुहोस ।
    - अपरिचित व्यक्तिले दिएको कुनै चिज नलिनुहोस,नखानुहोस ।
    - तपाईलाई अपहरण हुदैछु भन्ने लागेमा सकेसम्म अरुको ध्यान तान्ने गरी गुहार माग्नुहोला ।
  • पाकेटमारसंग सुरक्षित रहने उपायहरु :-
    - बढी पैसा लिएर हिडनु पर्ने अवस्था आएमा साथी संग हिड्नुहोस् सार्वजनिक सवारी प्रयोग नगर्नुहोस् ।
    - भिडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स -व्याग) पकेट आदीको बिशेष ख्याल राख्नुहोस् ।
    - सार्वजनिक गाडीहरुमा चढ्दा बढी पैसा वोक्नु पर्ने भएमा पैसा भए जस्तो भान नगराउनुहोस्
    - बढी भिडभाड भएको गाडी भित्र शंकास्पद ब्यक्तिहरु तथा गाडीमा बढि हलचल गर्नेे समूहसंग सुरक्षित हुनुहेास् र उनीहरुलाई आफुले नै बढी   निगरानिमा राख्नुहोस् ।
  • यी कुराहरुलाई ख्याल गर्नुहोस् :-
    क) गाडीमा पैसा झरेछ कसको हो वा पाकेटमार छ कि क्या हो भने पछि उक्त गाडीमा पाकेटमारको समूह छ भन्ने एकिन हुन्छ । उनिहरु मानिसले -यात्रुहरुले पैसा कहां राखेका छन् भनि एकिन गर्न उक्त वाक्यको प्रयोग गर्ने गर्दछन् ।
    ख) आफु वसेको सिटमा वा उभिएको ठाउंमा मानिसको हर्कत माथि ध्यान दिन उसले धेरै धक्का मक्का तथा च्यापचुप गर्न थालेमा पाकेटमार हुन सक्छ ।
    ग) कुनै समूह अरु सिट हुंदा हुंदै पनि अर्काको सिटमा बढी भिडभाड गर्ने तथा त्यही सिटमा आएर भयाल तिर थुक्ने वहाना वनाउने वा झर्नुछ भनि सिट सार्नु खोजेमा उक्त व्यक्ति पाकेटमार हुन सक्छ ।
    घ) बसहरुमा कोड भाषा प्रयोग गरीरहेका भए (जस्तो : दह- पैसा, सेतो - हजारको नोट गरेमा उनीहरु गाडीमा छन् भन्ने एकिन हुन्छ .
  • शब्द चिन्नुहोस
  • पाकेटमार समुहहरुबीच कुराहरु हुदाँ यस्ता शब्दहरु प्रयोग हुन्छन, सुन्नुभयो भने होशियार हुनुहोस । पाकेटमारहरु तपाईकै वरपर मौजुद छन ।
    कोर्ड भाषा अर्थ भाषा
  • टिनुवा - पाकेटमार
  • खडी - लुटपाट
  • घोप्टे - खुकुरी
  • चिसो - छुरी - चक्कू
  • धुब्रदाई - पैसावाला मानिस
  • कान - मोवाईल
  • दस्ती तोड - रुपैया निकाल
  • दह - रुपैया निकाल
  • थान - रु १००० को नोट
  • गज - रु १०० को नोट
  • सेतो आधा - रु ५००को नोट
  • टिप्ली मास्टर - पाकेटमारको मेन मानिस
  • ढेक - पाकेटमार्दा छेकछाक गर्ने मानिस
  • ठुला - सादा पोशाकको प्रहरी
  • लाटा - युनिर्फमको प्रहरी
  • मानबेचे - प्रहरी भ्यान
  • डे - केरकारको प्रहरी
  • टिप - मुद्रा पैसा खसाली टिप्न भनि अरुको खल्तीबाट निकाल्ने
  • निलचरी - आर्मी / सशस्त्र प्रहरी /
  • बिरालो - सेतो भ्यान

तपाईको कमजोरी अपराधीहरुको लागि मौका नबनोस्"
नबिर्सनुहोस्, अपराध अनुसन्धान र अपराध नियन्त्रणको लागी सहयोग गर्नु भनेको आफ्नै घर परिवारको लागि सुरक्षित वातावरणको सिर्जना गर्नु हो । सुरक्षित समाज सिर्जना गर्न, अपराध विरुद्ध लडन प्रहरी र समुदाय बिच ऐक्यवद्धताको आवश्यकता छ ।
प्रहरीको आपत्कालिन टेलिफोन नं.हरु १०० र १०३