“वैदेशिक रोजगारमा बिभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०४-२२
- A
- A-
- A+
जिल्ला
काठमाण्डौं बसुन्धारा स्थित ओम इन्टरनेशनल प्रा.लि. बाट बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरुमा पठाउने भनी रविन्द्र
सापकोटासँग को साझेदारीमा जिल्ला सिराहा करजन्हा न.पा. वडा नं. ०६ घर भई हाल
जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०४ बस्ने गुनेश कुमार ठाकुरले बिभिन्न
व्यक्तिहरुबाट रकम लिए पश्चात विदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पीडितहरुले
वैदेशिक रोजगार विभागमा जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं. ०४ इमाडोलबाट मिति २०८१।०४।२१ गते पक्राउ गरी प्रारम्भिक
अनुसन्धान गर्दा निजले ८५ जना व्यक्तिहरुबाट अन्दाजी रु. १,९७,१७,०००।–(अक्षरेपि एक करोड सन्तानब्बे
लाख सत्र हजार) लिएको देखिएकोमा निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
गुनेश कुमार ठाकुर
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला सिराहा करजन्हा न.पा वडा नं. ०६ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०४ ईमाडोल ।
बिगो रकम :- रु. १,९७,१७,०००।– (अक्षरेपि एक करोड सन्तानब्बे लाख सत्र हजार)
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०४ ईमाडोल ।
पीडित संख्या :- ८५ जना