प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ”

२०८१-०४-२२

  • A
  • A-
  • A+
Share

नविन तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निरज श्रेष्ठ र सुरेन्द्रराज सापकोटा भएको बैंकिङ कसुर (मु.द.नं.०७५-CB-०७७६) मुद्दामा प्रतिवादीहरुलाई ८ दिन कैद, बिगो रु २४,००,०००।- (चौवीस लाख) जाहेरवालालाई भराई बिगो बमोजिम रु २४,००,०००।–(चौवीस लाख) जरीबाना र क्षतिपुर्ति बापत पीडित राहतकोषमा रु ९६,०००।–(छयानब्बे हजार) जम्मा गराउने ठहर भई मिति २०७८।०७।१५ गते सम्मानित उच्च अदालत पाटन ललितपुरबाट फैसला भई निज प्रतिवादीहरु फरार रहेको हुँदा निज प्रतिवादीहरु मध्येका निरज श्रेष्ठलाई मिति २०८१।०४।२१ गते अं.१३:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.२२ न्यूरोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल काठमाण्डौमा पठाईएको ।

 

पक्राउ ब्यक्ति:

नाम: निरज श्रेष्ठ 

उमेर: ५२ बर्ष

ठेगाना: जिल्ला दोलखा भिमेश्वर  न.पा. वडा नं. २

हाल: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ लाजिम्पाट

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा ईटली पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-२५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ईटली लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २८ बागबजारबाट मिति २०८१।०५।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-     नाम थर  :-  कर्ण सिंह साउदउमेर    :-  ३४ वर्ष      वतन   :- जिल्ला डडेलधुरा नवदुर्गा गा.पा.वडा नं. ०४ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २९ अनामनगर ।बिगो रकम  :- रु. ९,००,०००।– ( अक्षरेपि नौ लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २८ बागबजार । पीडित संख्या  :- ८ जना

“क्यानडा पठाइदिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ”
२०८१-०५-२५

जिल्ला रोल्पा माडी गा.पा. वडा नं. १ जवाड घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.कलंकी बस्ने बर्ष २९ को रण बहादुर घर्तीले शिवराम थापा समेत ८ जनालाई बैंदेशिक रोजगारको लागि क्यानडा पठाइ दिन्छु त्यसको लागि प्रतिव्यक्ति रु ३५,००,०००।– (पैतिस लाख) रकम बुझाउनुपर्छ,  क्यानडा पुगी सकेपछि प्रतिष्ठित कम्पनिमा काम लगाई दिन्छु साथै मासिक रु ४,००,०००।– (चार लाख) तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरुबाट पटक पटक गरी जम्मा रु १,६५,००,०००।–( एक करोड पैसठी लाख ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२४ गते रण बहादुर घर्तीलाई का.जि.का.म.न.पा. वडा नं.१६ बनस्थलीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहचल काठमाण्डौ पठाइएको । पक्राउ व्यक्ति :नाम:- रण बहादुर घर्ती उमेर:- २९ बर्ष ठेगाना:- जिल्ला रोल्पा माडी गा.पा. वडा नं. १ जवाड हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा.कलंकी

“कृषि फर्मको लागि कर्जा मिलाई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-२५

जिल्ला बाजुरा बुढीनन्दा गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ५ न्यु कोलोनी बस्ने श्रीलाल कार्कीको छोरा  बर्ष ४८ को बिष्णु बहादुर कार्कीले जाहेरवाला संग भेटघाट गरी कुरा गर्ने क्रममा आफु पि.एच.डि डाक्टर तथा आफु हाइप्रोफाईल मान्छे रहेको र BISHNU & SONU PVT.Ltd समेत संचालन गरी रहेको बायोडाटा देखाई तपाईको कृषि फर्मको  नाममा USA  बाट १०,९९,८९८.- USD (नेपाली रु १४,५१,९८,५४८।-) कर्जा आउछ सो रकम को सस्तोमा २.५ प्रतिशत व्याजदर लाग्ने गरी कर्जा मिलाई दिन्छु,उक्त रकम फर्मको  बैंक खातामा आउछ भन्ने बिश्वास दिलाई विपक्षी सँग सम्झौता कागज समेत गरी सम्झौता अनुसार जग्गा धितो राख्नु पर्ने भनेको, उक्त जग्गा धितो राख्न खोज्दा रोक्का नभएको कारणले गर्दा त्यति बेला सम्मको लागि ग्यारेन्टी राख्न चेक दिनु पर्छ भनी हस्ताक्षर गराई उक्त कृषि फर्मको नाममा रहेको कुमारी बैंकको चेक लिई सो पश्चात रकम ट्रान्सफर भई सकेको भनि Swift Copy पठाई कर बुझाउनको लागि आफ्नो तथा परिवार सबैको सम्पती शुद्विकरण विभागबाट रोक्का रहेकोले मलाई रकम दिनु भनि बिभिन्न मितिमा पटक पटक गरी रु १७,३१,०००।–(अक्षेरुपी सत्र लाख एकतीस हजार) रकम लिई ठगी गरी फरार रहेकोमा मिति २०८१।०५।१८ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती समेत जारी भएको निज बिष्णु बहादुर कार्कीलाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२४ गते अं. १६:३० बजेको समयमा काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.५ न्यु कोलोनी  बाट  पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।                                                                                                                                                                                                                                  पक्राउ प्रतिवादीः-                                                                                                                                       नाम:- बिष्णु बहादुर कार्कीउमेर:- बर्ष  ४८                                        वतन:- जिल्ला बाजुरा बुढीनन्दा गाउँपालिका वडा नं. १ 

“ वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-२४

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०३ मनकामना टोलबाट मिति २०८१।०५।२४ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :-  कमला चुँडालउमेर    :-  ४४ वर्ष      वतन   :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०३ मनकामना  ।बिगो रकम  :- रु. ३,००,०००।– ( अक्षरेपि तीन लाख मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०३ मनकामना । पीडित संख्या  :- १ जना

“ डाँका चोरीमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०८१-०५-२३

जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. १४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट मिति २०८१।०४।२९ गते अं.१२:३० बजेको समयमा IPhone १५ थान-२, सामसुङ कम्पनीको मोबाइल सेट थान-२, Apple कम्पनीको ल्यापटप थान-१, गेम बक्स थान-१, २ तोला दरको सुनको सिक्री थान-२ डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका प्रकाश भन्ने विकास श्रेष्ठ समेतलाई डाँका चोरीमा प्रयोग भएको मोटरसाइकल सहित मिति २०८१।०५।२० गते काठमाण्डौको विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी बृत्त सातदोबाटो ललितपुर पठाइएको ।पक्राउ व्यक्तिहरु:१.      जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. ११ घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. ८ कपन बस्ने शैलेन्द्र श्रेष्ठको छोरा बर्ष ३३ को प्रकाश भन्ने बिकाश श्रेष्ठ ।२.     जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.२ घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. ८ बस्ने झपड बहादुर भुजेलको छोरा बर्ष २८ को  गुन्दाश भन्ने मनोज भुजेल।३.      जिल्ला बाजुरा त्रिवेणी न.पा.वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा. वालाजु बस्ने बर्ष ३२ को डम्मलाल पाध्याय।४.     उक्त घटनामा संलग्न एक जना फरार रहेको र निजको खोजी कार्य भई रहेको ।  बरामद सामाग्री:बा ६९ प २८४७ नम्बरको २२० सिसिको कालोरातो रंगको पल्सर मोटरसाइकल बा ७५ प ६३१९ नम्बरको २०० सिसिको NS पल्सर मोटरसाइकल

“ नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०५-२३

नेपाल स्थित अमेरिकन दुतावासमा  Electronic Diversity Visa (EDV) प्रयोजनको लागि SEE र १०+२ को नक्कली Mark Sheet, Academic Transcript बनाई  पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा मिति २०८१।०५।२१ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ का.म.न.पा.३ महाराजगंज स्थित अमेरिकन राजदुतवास नजिकबाट निम्न व्यक्तिहरुलाई नक्कली Mark Sheet, Academic Transcript लगायतका कागजात सहित नियन्त्रणमा लिई लिखत सम्बन्धि कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा पठाइएको । पक्राउ व्यक्तिहरु:१.   जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ घर भई हाल ऐ.ऐ. महालक्ष्मी न.पा. वडा नं. ४  ईमाडोल बस्ने बर्ष ३२ कि गोमा पाण्डे ।२.  जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं.१० घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ टिकाथली  बस्ने बर्ष २८ को अनिल कुमार महतो ।३.  जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ८ घर भई हाल जिल्ल ललितपुर ल.पु.म.न.पा. ईमाडोल बस्ने बर्ष ५० को गोपाल प्रसाद घिमिरे । ४.  जिल्ला सखुवासभा खाँदवारी न.पा. वडा नं.९ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.५ बस्ने बर्ष ४३ को सुवास ढकाल ।