“वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०४-२८
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट ५ लाख ३५ हजार रकम लिए पश्चात
विदेश नपठाई निज सम्पर्क विहीन भएकोमा पीडितले जाहेरी दरखास्त दिई अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला भक्तपुर ठिमीबाट मिति
२०८१।०४।२७ गते पक्राउ गरी थप अनुसन्धान
तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
दिपा चन्द
उमेर :- २७ वर्ष
वतन :- जिल्ला कैलाली गोदावरी न.पा. वडा नं. ०२ ।
हाल :- जिल्ला काठमाण्डौं
न.पा. वडा नं. ३१ बानेश्वर ।
बिगो रकम :- रु. ५,३५,०००।– ( अक्षरेपि पाँच लाख पैँतिस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला भक्तपुर ठिमी ।
पीडित संख्या :- १ जना