“वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०४-२९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी बेलायतमा लैजाने भन्दै पीडितबाट ५
लाख २० हजार रकम लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं.३२ तिनकुनेबाट मिति २०८१।०४।२८ गते पक्राउ गरी थप अनुसन्धान तथा
कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
रवि क्षेत्री
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला सिन्धुली फिक्कल गाउँपालिका वडा नं. ३ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ३१ शान्तिनगर ।
बिगो रकम :- रु. ५,२०,०००।– ( अक्षरेपि पाँच लाख बीस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ३२
तिनकुने ।
पीडित संख्या :- १ जना