“लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०४-२९
- A
- A-
- A+
वादी रिता अवाल प्रतिवादी पदम बहादुर तामाङ भएको लेनदेन
मुद्दामा वादीले प्रतिवादीबाट भरी पाउने ठहरेको विगो रू.६,५०,०००।- (छ लाख पचास हजार रूपैया) समेत नतिरे बापत २ (दुई) बर्ष कैदमा
राख्नु पर्ने भएकोले निजलाई पक्राउ गरी कैदमा राख्ने प्रयोजनको लागि यस अदालतमा
दाखिला गर्न हुन अनुरोध भन्ने समेत व्यहोराको सम्मानित भक्तपुर जिल्ला अदालतको
पत्र प्राप्त भई निज प्रतिवादी पदम बहादुर तामाङलाई मिति २०८१।०४।२८ गते जिल्ला काठमाण्डौ
बुढानिलकण्ठ न.पा. वडा नं. १० बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित
भक्तपुर जिल्ला अदालतमा पठाइएको ।
पक्राउ ब्यक्ति:
नाम: पदम
बहादुर तामाङ
उमेर: ४७ बर्ष
ठेगाना: जिल्ला
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं. ३
हाल: जिल्ला काठमाण्डौ
बुढानिलकण्ठ न.पा. वडा नं. १०