“ वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०४-३०
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा
लैजाने भन्दै पीडितहरुबाट रु. ५,२०,०००।– (अक्षरेपि पाँच लाख बीस हजार मात्र) लिए
पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१६ ठमेलबाट मिति
२०८१।०४।२९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
महाविर प्रसाद जैशवाल (कुर्मी)
उमेर :- ५० वर्ष
वतन :- जिल्ला पर्सा विरगञ्ज म.न.पा.वडा नं.१३ ।
हाल :- जिल्ला ललितपुर
ल.पु.म.न.पा.वडा नं. १० ।
बिगो रकम :- रु. ५,२०,०००।– ( अक्षरेपि पाँच लाख बीस
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.१६ ठमेल
।
पीडित संख्या :- ३ जना