“सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने व्यक्ति पक्राउ”
२०८१-०४-३०
- A
- A-
- A+
घटना विवरण:-
मिति २०८१/०४/२५ गते अं.१३:३० बजेको समयमा
का.जि.का.म.न.पा. वडा नं. २२ न्युरोड स्थितमा रहेको नारायण ज्वेलर्सबाट अ. ५२
वर्षकी अपरिचित महिलाले सुनका गहना खरिद गर्ने भनी सुनको २ तोला २० लालको सिक्री
लिई फरार रहेको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न लिना नकर्मीलाई
मिति २०८१/०४/२९ गते ललितपुर पुल्चोकबाट पक्राउ गरी थप अनुसन्धानको क्रममा निजले
चोरी गरेका सुनका गरगहना न्युरोड स्थितमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने
गरेको भनी खुल्न आएकोमा जगन्नाथ ज्वेलर्सका सञ्चालकलाई समेत पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको ।
साथै अनुसन्धानको क्रममा
निज लिना नकर्मीले यस भन्दा पूर्व चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्स लाई
अन्दाजी १७ ग्रामको सुनको सिक्री थान – १ (एक) बिक्री गरेको प्रारम्भिक
अनुसन्धानबाट खुल्न आएको र निजको साथबाट पुष्टी हुन नसकेको अन्दाजी २ तोला बराबरको
सुनको सिक्री थान – १ (एक) बरामद हुन आएको हुँदा सो-सम्बन्धमा समेत अनुसन्धान कार्य भइरहेको ।
पक्राउ प्रतिवादी :-
१. नाम :- लिना
नकर्मी (चोरी कार्यमा संलग्न)
उमेर :- ५२ वर्ष
ठेगाना :- जिल्ला ललितपुर ललितपुर म.न.पा.वडा
नं. ०३ पुलचोक ।
२. नाम :- चित्र रञ्जन हजारा(जगन्नाथ ज्वेलर्स
संञ्चालक)
उमेर :- ५२ वर्ष
ठेगाना :- देश भारत पश्चिम बंगाल राज्य मोदिनिपुर
जिल्ला घाटल थाना कुशपता ग्राम
हालको ठेगाना :- का.जि. का.म.न.पा. वडा नं. २३
बिशालबजार ।