“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०४-३१
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ईटाली, रोमानियाम र दुबई लगायतका देशहरुमा
लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट मिति
२०८१।०४।३० गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
सुरेश राना
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला सुर्खेत चिङगाढ गा.पा.वडा नं. ०५ ।
हाल :- जिल्ला ललितपुर
महालक्ष्मीस्थान न.पा.वडा नं. ०७ ।
बिगो रकम :- रु. १५,९३,५००।– ( अक्षरेपि पन्ध्र लाख त्रियान्रब्बे
हजार पाँच सय मात्र )
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मीस्थान न.पा.वडा नं. ०७ ।
पीडित संख्या :- ८ जना
२.
नाम
थर :- राजेश बिष्ट
उमेर :- ३३ वर्ष
वतन :- जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी गा.पा.वडा नं. ०२।
हाल :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं. ०९
बिगो रकम :- रु. १,८०,०००।– ( अक्षरेपि एक लाख असी हजार
मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.९
गौशाला ।
पीडित संख्या :- १ जना