“वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०४-३२
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै पीडितहरुबाट रु.
२७,००,०००।– (अक्षरेपि सत्ताइस लाख मात्र) लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं.२६ गोङ्गबुबाट मिति २०८१।०४।३१ गते पक्राउ गरी थप अनुसन्धान तथा
कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
सुमन ज्ञावली
उमेर :- ३५ वर्ष
वतन :- जिल्ला गुल्मी सत्यवती गाउँपालीका वडा नं. ०६ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा.वडा नं.२६ नयाँ बसपार्क ।
बिगो रकम :- रु.
२७,००,०००।– (अक्षरेपि सत्ताइस लाख मात्र)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.२६ गोङ्गबु
।
पीडित संख्या :- ६ जना