“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-०२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी आयरल्याण्ड
र इजरायल लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप
अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :-
कृष्ण राज तिवारी
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला तनहँ देवघाट गाउँपालिका वडा नं. ०५ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. २९ अनामनगर ।
बिगो रकम :- रु. ९,००,०००।– ( अक्षरेपि नौ लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २९
अनामनगर ।
पक्राउ मिति :-
२०८१।०४।३२ गते ।
पीडित
संख्या :- ३ जना
२.
नाम
थर :- अनुप चन्द्र सुब्बा
उमेर :- ४८ वर्ष
वतन :- जिल्ला झापा गौरादह न.पा.वडा नं. १ ।
हाल :- जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा.वडा नं. १० ।
बिगो रकम :- रु. ५,००,०००।– ( अक्षरेपि पाच लाख मात्र )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ
न.पा.वडा नं. १० ।
पक्राउ मिति :-
२०८१।०५।०२ गते ।
पीडित
संख्या :- १ जना