"कर्तव्य ज्यान कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८१-०५-०२
- A
- A-
- A+
मिति
२०७७।१२।२१ गते वेलुकी २१:३० वजेको समयमा आप्नै भान्छा कोठामा आगलागी भै जली
उपचारको क्रममा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१९ लगनखेल बस्ने
प्रतिवादी हिम्मत श्रेष्ठको श्रीमति बर्ष २७ को अप्सरा बास्ताकोटी श्रेष्ठको
उपचारको क्रममा २०७७।१२।३१ गते मृत्यु भएको
ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) मुद्धामा सम्मानित ललितपुर जिल्ला
अदालतबाट पक्राउ पुर्जी जारी भएका निज
प्रतिवादी हिम्मत श्रेष्ठलाई यस कार्यालयबाट खटिएको टोलीले मिति २०८१/०४/३२ गते
साँझ १७:०५ बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१५
सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको
।
पक्राउ
परेका व्यक्ति:-
नामः- हिम्मत
श्रेष्ठ
उमेरः- ३७
स्थायी
ठेगानाः- जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १९ लगनखेल बस्ने ।
पक्राउ
मितिः-२०८१/०४/३२ गते अं. १७:०५ बजेको समयमा
पक्राउ स्थानः- जिल्ला ललितपुर महानगरपालिका वडा नं. १५
सातदोबाटो ।