“सुनको सिक्री लुटपाट गर्ने व्यक्तिहरू पक्राउ”
२०८१-०५-०५
- A
- A-
- A+
मिति २०८१/०४/२१
गते बिहान अन्दाजी ११:००
बजेको समयमा जडिबुटी स्थित सिद्धार्थ पेट्रोल पम्प देखि कमल विनायक भक्तपुर जाने
क्रममा जिल्ला रामेछाप सुनपाती गा.पा.
वडा नं. ०१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा.
वडा नं.०१ बस्ने वर्ष ५०
की कमला गौतमले घाँटीमा लगाएको सुनको १ तोलाको सिक्री लोकन्थलीको
बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा यस
कार्यालय र मातहत अपराध शाखा (PCCB) ठिमी बाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न खनक भन्ने अनिल कुमार
तामाङ समेतका निम्न मानिसहरूलाई मिति २०८१/०५/०२
गते जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा.
वडा नं.०३ कौशलटारबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको ।
पक्राउ प्रतिवादीहरू :-
१. नाम :- खनक भन्ने
अनिल कुमार तामाङ
उमेर :- ३८ वर्ष
ठेगाना :- जिल्ला काभ्रेपलाञ्चोक तिमाल गा.पा.
वडा नं. ०९
हाल :- जिल्ला काभ्रेपलाञ्चोक बनेपा ।
२. नाम :- गणेश लामा
उमेर :- ३४ वर्ष
ठेगाना :- जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा.
वडा नं. ०५
हाल :- जिल्ला ललितपुर ग्वार्खो ।
३. नाम :- रोहित भन्ने
सुरेश तामाङ
उमेर
:- ३१ वर्ष
ठेगाना
:- जिल्ला काभ्रेपलाञ्चोक बेथानचोक गा.पा.
वडा नं. ०६ ।
हाल
:- जिल्ला काठमाडौँ का.म.न.पा.
वडा नं. ०६ गौशाला ।
पक्राउ परेका प्रतिवादीहरू को CRS
Report
हेर्दा देखिएको मुद्दाहरू :-
१. अनिल कुमार तामाङलाई मिति २०७१/०२/०१
गते प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारमा मुद्दा चलेको ।
२. गणेश लामालाई मिति २०७५/०८/२६
गते, मिति २०७६/०९/०७
गते, मिति २०७९/०७/२१
गते र मिति २०८१/०४/०४
गते प्रहरी वृत्त नयाँ बानेश्वर बाट अभद्र व्यवहारमा मुद्दा चलेको ।
३. सुरेश तामाङलाई मिति २०७८/०७/०७
गते प्रहरी वृत्त बौद्धबाट, मिति २०७८/०७/३०
गते, मिति २०७८/०५/०८
गते र मिति २०७९/०५/२६
गते प्रहरी वृत्त गौशाला बाट अभद्र व्यवहारमा मुद्दा चलेको ।