“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-०६
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरुमा लैजाने भन्दै
पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा
पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने
निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट मिति २०८१।०५।०६ गते पक्राउ
गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं
पठाइएको
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- लाल बहादुर जि.सी.
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला प्युठान गौमुखी गा.पा.वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. २६ ।
बिगो रकम :- रु. ३,५०,०००।–( अक्षरेपि तीन लाख पचास हजार
मात्र )
पक्राउ
स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा
नं. २६ नयाँबसपार्क ।
पीडित
संख्या :- १ जना
२.
नाम
थर :-
ईश्वर प्रसाद ढकाल
उमेर :- ३० वर्ष
वतन :- जिल्ला कैलाली गौरीगंगा न.पा. वडा नं. ०९ मुसरिया ।
हाल :- जिल्ला काठमाण्डौं
बुढानिलकण्ठ न.पा.वडा नं. ०५ मण्डिखाटार ।
बिगो रकम :- रु. ५०,०००।– ( अक्षरेपि पचास हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३
महाराजगंज ।
पीडित
संख्या :- १ जना