प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“विधुतीय कारोबार ऐन, अन्तर्गतको कसूरमा फरार प्रतिवादी पक्राउ”

२०८१-०५-०६

  • A
  • A-
  • A+
Share

विद्युतीय कारोबार ऐन, अन्तर्गतको कसूर मुद्दामा मिति २०८१।०३।०५ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भई फरार रहेका निज प्रतिवादीलाई ‍ खोजतलास गर्दै जाने क्रममा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले मिति २०८१।०५।०५ गते अ. १७:०० बजेको समयमा जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ बाट नियन्त्रणमा लिई थप आवश्यक कारवाहीको लागि साइबर ब्युरो, भोटाहिटी, काठमाण्डौ पठाइएको । 

 

पक्राउ व्यक्ति:

नाम: राज कुमार तिमल्सीना

उमेर: ३७ बर्ष

ठेगाना: जिल्ला ललितपुर गोदावरी न. पा. वडा नं. ७

हाल: जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न .पा.वडा नं.

 

पक्राउ परेका व्यक्तिको CRS Report हेर्दा देखीएका मुद्दाहरु:-

निज राज कुमार तिमल्सीना प्रहरी वृत्त जगाती ,भक्तपुरमा वैकिङ् कसुर मुद्धामा समेत फरार रहेका ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-३०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेशिया र दुवई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको पक्राउ व्यक्ति:-१.   नाम थर  :- त्रिलोक कुमार यादवउमेर    :-   ४४ वर्ष      वतन   :- जिल्ला महोत्तरी सानेमा गा.पा. वडा नं. ०१ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ तिलगंगा ।बिगो रकम  :- रु. ३,००,०००।–( अक्षरेपि तीन लाख मात्र ) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १० बिजुली बजार ।पक्राउ मिति :- २०८१।०५।२८ गते ।पीडित संख्या  :- ३ जना   २.   नाम थर  :-  राम प्रसाद रिजालउमेर    :-  २५ वर्ष      वतन   :- जिल्ला खोटाङ रावाबेसी गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०७ चाबहिल ।बिगो रकम  :- रु. २,४०,०००।– ( अक्षरेपि दुई लाख चालिस हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ चाबहिल ।पक्राउ मिति :- २०८१।०५।३० गते ।पीडित संख्या  :- ३ जना  ३.  नाम थर  :-  सुजन स्याङबोउमेर    :-  २० वर्ष      वतन   :- जिल्ला सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं. ०२ ।हाल  :- जिल्ला काठमाण्डौं बौद्धआरुबारी ।बिगो रकम  :- रु. १,५०,०००।– ( अक्षरेपि एक लाख पचास हजार मात्र )पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०५।३० गते । पीडित संख्या  :- १ जना

“कृषि फर्मको लागि कर्जा मिलाई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-२८

घटना विवरण : जिल्ला काठमाण्डौं नागार्जुन न.पा वडा नं. ९ दुर्गानगर कोलोनी  बस्ने  ज्ञान प्रसाद खतिवडाको छोरा बर्ष ५५ को नारायण प्रसाद खतिवडाले जाहेरवाला संग भेटघाट गरी आफुले BISHNU & SONU PVT.Ltd संचालक बिष्णु बहादुर कार्कीलाई चिनेको छु, उहाँले तपाईको कृषि फर्मको नाममा USA  बाट १०,९९,८९८.- USD (नेपाली रु १४,५१,९८,५४८। २.५ प्रतिशत व्याजदर लाग्ने गरी कर्जा मिलाउन  सक्नु हुन्छ भनि बिष्णु बहादुर कार्कीसंग मिली ठगीको उद्देश्य राखी बिभिन्न कागजात तयार गरी जाहेरवालासंग ग्यारेन्टी राख्न कृषि फर्मको नाममा रहेको कुमारी बैंकको चेक बिष्णु बहादुर कार्कीको नाममा काट्न भनि बिभिन्न मितिमा पटक पटक गरी रु १७,३१,०००।–(अक्षरेपि सत्र लाख एकतीस हजार) रकम बिष्णु बहादुर कार्कीलाई बुझ्न लगाई ठगी गरी फरार रहेकोमा मिति २०८१।०५।१८ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती समेत जारी भएका निज नारायण प्रसाद खतिवडालाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२८ गते अं. १३:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ भद्रकालीबाट  पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।                                                                                                                                                                                                         पक्राउ प्रतिवादीः-                                                                                                                                       नाम:- नारायण प्रसाद खतिवडाउमेर:- बर्ष  ५५                                        वतन:- जिल्ला काठमाण्डौं नागार्जुन न.पा वडा नं. ९ दुर्गानगर कोलोनी

“ वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-२८

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २५ सुन्धाराबाट मिति २०८१।०५।२७ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.   नाम थर  :- राम कुमार जिमीउमेर    :-  ४२ वर्ष      वतन   :- जिल्ला झापा कमल गा.पा. वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०२ ।बिगो रकम  :- रु. ४,५०,००० ।– (अक्षरेपि चार लाख पचास हजार मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २५ सुन्धारा । पीडित संख्या  :- ३ जना

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-२७

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोसिया र जापान लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको । पक्राउ व्यक्ति:-१.  नाम थर  :- श्याम श्रेष्ठउमेर    :-   ४८ वर्ष      वतन   :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटश्वर ।बिगो रकम  :- रु. ६,५५,०००।–(अक्षरेपि छ लाख पचपन्न हजार मात्र) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा नं.०३ थानकोट ।पक्राउ मिति :- २०८१।०५।२६ गते ।पीडित संख्या  :- ३ जना       २.  नाम थर  :-  शोभा तामाङउमेर    :-  ४० वर्ष      वतन   :- जिल्ला पर्सा ठोरी न.पा. वडा नं. ०१ नयाँगाउँ ।हाल  :- जिल्ला काठमाण्डौं नार्गाजुन न.पा. वडा नं. ०९ स्युचाटार ।बिगो रकम  :- रु. ६,१५,०००।- (अक्षरेपि छ लाख पन्ध्र हजार मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं नार्गाजुन न.पा. वडा नं. ०९ स्युचाटार ।पक्राउ मिति :- २०८१।०५।२७ गते ।पीडित संख्या  :- ३ जना       ३. नाम थर  :-  अमृत माकिम थापाउमेर    :-  ३९ वर्ष             वतन   :- जिल्ला तनहुँ बन्दिपुर गा.पा.वडा नं ७ ।  हाल :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.वडा नं.७ मनमैजु ।बिगो रकम  :- रु. ३,००,०००।- (अक्षरेपि तीन लाख मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२ टेकु ।पक्राउ मिति :- २०८१।०५।२७ गते ।पीडित संख्या  :- १ जना       ४. नाम थर  :-  राज कुमार राई उमेर    :-  ४३ वर्ष      वतन   :- जिल्ला भोजपुर साल्पासिलिछो गा.पा. वडा नं. ०३ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ चाबहिल ।बिगो रकम  :- रु.  १,००,०००।- (अक्षरेपि एक लाख मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ चाबहिल ।पक्राउ मिति :- २०८१।०५।२७ गते ।पीडित संख्या  :- १ जना      ५. नाम थर  :-  अनुप श्रेष्ठउमेर    :-  ३७ वर्ष             वतन   :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.वडा नं.३ ।बिगो रकम  :- रु. १,४०,०००।-  (अक्षरेपि एक लाख चालिस मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२ ।पक्राउ मिति :- २०८१।०५।२७ गते । पीडित संख्या  :- १ जना 

“ फरार प्रतिवादी पक्राउ ”
२०८१-०५-२७

घटना विवरण :           वादी उत्तम बहादुर महत प्रतिवादी जिल्ला काठमाण्डौ साविक कपन गा.वि.स. ९ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ११ पैंयुटार बस्ने बर्ष ४८ को प्रकाश बुढाथोकी क्षेत्री भएको रकम दिलाई पाउँको विगो मुद्दामा (पुरानो लगत नं. ४६२  र नयाँ लगत नं. १६५२) निज प्रतिवादी प्रकाश बुढाथोकी क्षेत्रीलाई २ बर्ष कैद र   रु.१०,००,०००/- (दश लाख मात्र) जरिवाना भराउने भनी मिति २०७८।०४।२९ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट फैसला भई फरार रहेका प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।०५।२६ गते अं २०:०० बजेको समयमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा ०६ टोखा स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्तिः-नामः प्रकाश बुढाथोकी क्षेत्रीउमेर : ४८ वर्ष, ठेगानाः जिल्ला काठमाण्डौ साविक कपन गा.वि.स. ९ स्थायी वतन भई,हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ११ पैंयुटार बस्ने ।  

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-२६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत र क्रोएसिया लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- सुशान्त सिंहउमेर    :-   ३० वर्ष      वतन   :- जिल्ला सिराह सिराह न.पा.वडा नं. ०७ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ सिनामंगल ।बिगो रकम  :- रु. ८,४०,०००।–(अक्षरेपि आठ लाख चालीस हजार मात्र) पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर ।पक्राउ मिति :- २०८१।०५।२५ गते ।पीडित संख्या  :-  २ जना   २.   नाम थर  :-  सल्लउदिन वेग उमेर    :-  ३६ वर्ष      वतन   :- जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं. ११ ।हाल  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ सिनामंगल ।बिगो रकम  :- रु.  ७,२०,०००।- (अक्षरेपि सात लाख बीस हजार मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ सिनामंगल ।पक्राउ मिति :- २०८१।०५।२५ गते ।पीडित संख्या  :- २ जना     ३. नाम थर  :-  राजु  दाहालउमेर    :-  ५३ वर्ष      वतन   :- जिल्ला तेह्रथुम फेदाप गा.पा. वडा नं. ०८ ।हाल  :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०८ हात्तिगौडा ।बिगो रकम  :- रु. ८,२५,००० ।- (अक्षरेपि आठ लाख पच्चीस हजार मात्र)पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०८ हात्तिगौडा ।पक्राउ मिति :- २०८१।०५।२६ गते । पीडित संख्या  :- ३ जना