“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-११
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस,अल्वानियाँ,
पोर्चुगल,यु.के.र माल्टा लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिहरुलाई विभिन्न
मिति र स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार
विभाग, ताहाचल काठमाण्डौं पठाइएको
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- देव सुनार ( उमेर :- ३० वर्ष )
नाम
थर :- भिम सुनार ( उमेर :- २७ वर्ष )
वतन :- जिल्ला दाङ लमही न.पा. वडा नं. ०४ ।
बिगो रकम :- रु. ९५,३४,०००।– (अक्षरेपि पन्चान्नब्बे लाख
चौतिस हजार मात्र )
पक्राउ
स्थान :- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.
वडा नं. १० गड्डाचौकी ।
पक्राउ मिति :-
२०८१।०५।०८ गते
पीडित
संख्या :- ९ जना
घटनाको छोटकरी विवरण :- निजले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी रकम लिई भारतमा गई
बसेकोमा यस कार्यालयबाट
खटिएको टोलीले
मिति २०८१।०५।०८ गते कञ्चनपुर स्थित गड्डाचौकी नजिकबाट नियन्त्रणमा लिएको
।
प्रारम्भिक अनुसन्धानबाट
खुलेका कुराहरु :-
Ø युरोपका विभिन्न मुलुकमा
पठाउने भनी प्रतिव्यक्ति १०-१३ लाख उठाउने गरेको ।
Ø रकम उठाउन प्रलोभनमा पार्नको लागि भिषा र टिकट देखाउने गरेकोमा
उक्त भिषा र टिकट नक्कली दिने गरेको खुल्न
आएको ।
Ø निजहरुले २ वर्ष अगाडी ४ जना महिलालाई ग्रिस पठाएकोमा त्यसै
आधारमा निजले पठाउने विश्वासमा परी पिडितहरु ठगिने गरेको ।
Ø निजहरुले काम हुन्छ भनी भारतको दिल्लीमा पुर्याएर सबै कागजपत्र
राखि वन्दक जस्तै बनाएर राखिएको खुल्न आएको ।
Ø निजहरुले भारतमा बसेर वेरोजगार युवायुवतिहरुलाई विभिन्न प्रलोभनमा पारी
विभिन्न देशमा पठाई मानव तस्करी समेतमा
संलग्न रहेको हुन सक्ने देखिएकोमा सो विषयमा अनुसन्धान जारी राखिएको ।
२.
नाम
थर :-
सुमन थापा (उमेर :- ३५ वर्ष )
वतन :- जिल्ला पाल्पा रामपुर न.पा.वडा नं. ०४ ।
हाल :- जिल्ला
काठमाण्डौं टोखा न.पा.वडा नं. ०३ ।
बिगो रकम :- रु. १२,००,०००।– ( अक्षरेपि बाह्र लाख मात्र
)
पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०३ ।
पीडित
संख्या :- १ जना
घटनाको छोटकरी विवरण :- यु.के. देशमा राम्रो काम लगाइदिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको ।
३.
नाम
थर :-
कन्नजित राउत (उमेर :- ४० वर्ष)
वतन :- जिल्ला कालीकोट तिलागुफा न.पा.वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. ०७ पशुपती ।
बिगो रकम :- रु. ३,६०,०००।– ( अक्षरेपि तीन लाख साठी
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ पशुपती ।
पीडित संख्या :- १ जना
घटनाको छोटकरी
विवरण :- माल्टा देशमा राम्रो काम लगाइदिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको ।