"अनलाईन मार्फत ठगी कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०५-११
- A
- A-
- A+
सामाजिक संजाल, Facebook, WhatsApp लगायतका Apps हरुको
दुरुपयोग गरी पीडितहरुलाई थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको
कार दुर्घटनामा परी मृत्यु भएको निजको नाममा थाइल्याण्ड स्थित Siam कमर्सियल
बैंकको खातामा ८५,००,०००- (अमेरिकी डलर) रहेको निजको
उत्तराधिकारी कोही नभएकोले सो रकम बैंकबाट निकाल्न तपाईको थर मिल्ने रहेछ, तपाईलाई
उत्तराधिकारी बनाई सो रकम निकाली दिन्छौ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको
नाममा रहेका बैंक खाताहरुमा पटक पटक गरि जम्मा रु. ९९,६४,७००।- ( अक्षरेपि उनान्सय
लाख चौसठ्ठी हजार सात सय मात्र) रकम पठाउन लगाई ठगी गर्ने
कार्यमा संलग्न रहेको रोहित रन्जन यादवलाई मिति
२०८१।०५।०९ गते जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ८ बाट पक्राउ गरी निजलाई
ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली,
काठमाण्डौं पठाईएको ।
अनुसन्धान पश्चात खुल्न आएका कुराहरु:-
Ø
पक्राउ परेको व्यक्ति रोहित रन्जन यादवको साथबाट
बरामद भएको
IMEI No. 358547328601370/358547329774176 भएको Apple कम्पनीको iPhone 14 pro max मा Binance App डाउनलोड गरी Binance ID:- Nptrade11 र Nptrade59
मार्फत BTC 3.65649695 USDT (नेपाली रु. ३,१२,१९,८३७।-) रकम बराबरको कारोबार
गर्ने कुरा खुल्न आएको ।
Ø रोहित
रन्जन यादवको साथबाट बरामद भएको iPhone 14 pro max मा फोन नम्बर 9762267941 मार्फत WhatsApp चलाउने
गरेको र उक्त WhatsApp मा
Business Account 1234 संग कुराकानी गरी विभिन्न बैंक
खातामा रकम जम्मा गरेको डिपोजिट भौचर खुलाई पठाइएको कुरा खुल्न आएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- रोहित रन्जन यादव
उमेरः- २२ वर्ष
ठेगानाः- जिल्ला महोत्तरी सोनमा
गा.पा वडा नं. ८ वतन
हाल बसोबास गर्ने :- जिल्ला
सुर्यविनायक
न.पा वडा नं. ८ बस्ने ।