“वैदेशिक रोजगारमा ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-१२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस लैजाने
भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा नं. १४ नैकापबाट मिति
२०८१।०५।११ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :-
सुर्य बहादुर सुनुवार
उमेर :- ४२ वर्ष
वतन :- जिल्ला रामेछाप गोकुलगंगा गा.पा.वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं
चन्द्रागिरी न.पा. वडा नं. १४ नैकाप ।
बिगो रकम :- रु. २,६०,०००।– ( अक्षरेपि दुई लाख साठी
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा
नं. १४ नैकाप ।
पीडित
संख्या :- १ जना