“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०५-१३
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया
र दुबई लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे
पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न
स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार
विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- शशी लामा
उमेर :- ४२ वर्ष
वतन :- जिल्ला पाँचथर मिक्लाजुङ गा.पा.वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं. ८ माकलबारी ।
बिगो रकम :- रु. ३,६५,०००।–( अक्षरेपि तीन लाख पैँसट्ठी
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं नागाअर्जुन न.पा.वडा नं.
०६ सितापाइला ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :-
रोशनी विश्वकर्मा
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. २६ रानीबारी ।
बिगो रकम :- रु. १,०२,०००।- ( अक्षरेपि एक लाख दुई हजार
मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २६
सरकारी धारा ।
पीडित संख्या :- १ जना
३. ३. नाम
थर :-
गणेश बहादुर श्रेष्ठ
उमेर :- २५ वर्ष
वतन :- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला भक्तपुर
सूर्यविनायक न.पा.वडा नं. ०६ ।
बिगो रकम :- रु. २,१०,०००।- ( अक्षरेपि दुई लाख दश हजार
मात्र )
पक्राउ स्थान :- जिल्ला ललितपुर झम्सीखेल ।
पीडित संख्या :- १ जना