“ वैदेशिक रोजगारमा कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-१९
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने
भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहिन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३ महाराजगन्जबाट मिति
२०८१।०५।१८ गते पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :-
सुबास आले मगर
उमेर :- २८ वर्ष
वतन :- जिल्ला ओखलढुङगा
चिसङखुढी न.पा. वडा नं. ०६ पोखरे ।
हाल :-जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा
नं. ०३ ।
बिगो रकम :- रु. १,००,०००।– ( अक्षरेपि एक लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०३
महाराजगञ्ज ।
पीडित संख्या :- १ जना