“ सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ "
२०८१-०५-१९
- A
- A-
- A+
घटना विवरण :
वादी नेपाल सरकार प्रतिवादी जिल्ला
भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित जिल्ला ऐ. सुर्यविनायक
न.पा. वडा नं.४ स्थायी ठेगाना भई ऐ. बस्ने गणेश बहादुर श्रेष्ठको छोरा बर्ष ५४ को
लक्ष्मण श्रेष्ठ भएको सवारी ज्यान मुद्दा (लगत नं.१८२६९ ) मा निज प्रतिवादी लक्ष्मण
श्रेष्ठलाई कैद ३ महिना र जरिवाना रु २,०००/-(दुई हजार मात्र) ठहर भएकोले जरिवाना
भराउने र कैद असुलउपर गर्ने भनि मिति २०७२।०४।२४ गते सम्मानित पुनरावेदन
अदालत पाटनबाट फैसला भई फरार रहेका प्रतिवादी लक्ष्मण
श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले
खोजतलास गर्दै जाँदा मिति २०८१।०५।१८ गते अं.१८:०० बजेको समयमा जिल्ला
भक्तपुर सुर्यविनायक न.पा. वडा नं. २ बालकोटमा फेला पारी पक्राउ गरी मिति
२०८१।०५।१९ गते फैसला
कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः लक्ष्मण श्रेष्ठ
उमेर : ५४ वर्ष,
ठेगानाः जिल्ला
भक्तपुर साविक दधिकोट गा.वि.स. वडा नं. ७ हाल परिवर्तित सुर्यविनायक न.पा. ४
स्थायी वतन भई ऐ.ऐ. बस्ने,