“ डाँका चोरीमा संलग्न व्यक्तिहरु पक्राउ ”
२०८१-०५-२३
- A
- A-
- A+
जिल्ला
ललितपुर ल.पु.म.न.पा.वडा नं. १४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त
स्थानबाट मिति २०८१।०४।२९ गते अं.१२:३० बजेको समयमा IPhone १५ थान-२, सामसुङ कम्पनीको मोबाइल सेट थान-२, Apple कम्पनीको
ल्यापटप थान-१, गेम बक्स थान-१, २ तोला
दरको सुनको सिक्री थान-२ डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका प्रकाश भन्ने
विकास श्रेष्ठ समेतलाई डाँका चोरीमा प्रयोग भएको मोटरसाइकल सहित मिति २०८१।०५।२०
गते काठमाण्डौको विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी
बृत्त सातदोबाटो ललितपुर पठाइएको ।
पक्राउ व्यक्तिहरु:
१.
जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. ११
घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. ८ कपन बस्ने शैलेन्द्र श्रेष्ठको
छोरा बर्ष ३३ को प्रकाश भन्ने बिकाश श्रेष्ठ ।
२.
जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.२
घर भई हाल जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. ८ बस्ने झपड बहादुर भुजेलको छोरा
बर्ष २८ को गुन्दाश भन्ने मनोज
भुजेल।
३.
जिल्ला
बाजुरा त्रिवेणी न.पा.वडा नं. ७ घर भई हाल का.जि.का.म.न.पा. वालाजु बस्ने बर्ष ३२
को डम्मलाल पाध्याय।
४. उक्त घटनामा संलग्न एक जना फरार रहेको र निजको खोजी
कार्य भई रहेको ।
बरामद सामाग्री:
बा ६९ प
२८४७ नम्बरको २२० सिसिको कालोरातो रंगको पल्सर मोटरसाइकल
बा ७५ प
६३१९ नम्बरको २०० सिसिको NS पल्सर मोटरसाइकल