“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-२६
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुवई, कुवेत र क्रोएसिया लगायतका देशहरुमा
लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी
ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ
गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं
पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सुशान्त सिंह
उमेर :- ३० वर्ष
वतन :- जिल्ला सिराह
सिराह न.पा.वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ०९ सिनामंगल ।
बिगो रकम :- रु. ८,४०,०००।–(अक्षरेपि आठ लाख चालीस हजार
मात्र)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२
कोटेश्वर ।
पक्राउ मिति :- २०८१।०५।२५ गते ।
पीडित संख्या :- २
जना
२.
नाम
थर :-
सल्लउदिन वेग
उमेर :- ३६ वर्ष
वतन :- जिल्ला कपिलवस्तु
कृष्णनगर न.पा. वडा नं. ११ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. ०९ सिनामंगल ।
बिगो रकम :- रु. ७,२०,०००।- (अक्षरेपि सात लाख बीस हजार मात्र)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९
सिनामंगल ।
पक्राउ मिति :- २०८१।०५।२५ गते ।
पीडित संख्या :- २ जना
३. नाम थर :- राजु दाहाल
उमेर :- ५३ वर्ष
वतन :- जिल्ला तेह्रथुम
फेदाप गा.पा. वडा नं. ०८ ।
हाल :- जिल्ला काठमाण्डौं
बुढानिलकण्ठ न.पा. वडा नं. ०८ हात्तिगौडा ।
बिगो रकम :- रु. ८,२५,००० ।- (अक्षरेपि आठ लाख पच्चीस
हजार मात्र)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०८ हात्तिगौडा ।
पक्राउ मिति :- २०८१।०५।२६ गते ।
पीडित संख्या :- ३ जना