“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०५-२७
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी माल्टा,
अष्ट्रेलिया, दुवई, क्रोसिया र जापान लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
उपत्यकाका विभिन्न स्थानहरुबाट विभिन्न मितिमा पक्राउ गरी थप अनुसन्धान तथा
कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- श्याम श्रेष्ठ
उमेर :- ४८ वर्ष
वतन :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं. ३२ कोटश्वर ।
बिगो रकम :- रु. ६,५५,०००।–(अक्षरेपि छ लाख पचपन्न हजार
मात्र)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा. वडा
नं.०३ थानकोट ।
पक्राउ मिति :- २०८१।०५।२६ गते ।
पीडित संख्या :- ३ जना
२. नाम थर
:- शोभा तामाङ
उमेर :- ४० वर्ष
वतन :- जिल्ला पर्सा
ठोरी न.पा. वडा नं. ०१ नयाँगाउँ ।
हाल :- जिल्ला
काठमाण्डौं नार्गाजुन न.पा. वडा नं. ०९ स्युचाटार ।
बिगो रकम :- रु. ६,१५,०००।- (अक्षरेपि छ लाख पन्ध्र हजार
मात्र)
पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं नार्गाजुन न.पा. वडा नं. ०९ स्युचाटार ।
पक्राउ मिति :- २०८१।०५।२७ गते ।
पीडित संख्या :- ३ जना
३. नाम थर :- अमृत
माकिम थापा
उमेर :- ३९ वर्ष
वतन :- जिल्ला तनहुँ
बन्दिपुर गा.पा.वडा नं ७ ।
हाल :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा.वडा नं.७ मनमैजु ।
बिगो रकम :- रु. ३,००,०००।- (अक्षरेपि तीन लाख मात्र)
पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२ टेकु ।
पक्राउ मिति :- २०८१।०५।२७ गते ।
पीडित संख्या :- १ जना
४. नाम थर :- राज
कुमार राई
उमेर :- ४३ वर्ष
वतन :- जिल्ला भोजपुर
साल्पासिलिछो गा.पा. वडा नं. ०३ ।
हाल :- जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. ०७ चाबहिल ।
बिगो रकम :- रु. १,००,०००।- (अक्षरेपि एक लाख मात्र)
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म.न.पा.वडा नं. ०७ चाबहिल ।
पक्राउ मिति :- २०८१।०५।२७ गते ।
पीडित संख्या :- १ जना
५. नाम थर :- अनुप
श्रेष्ठ
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला काठमाण्डौ
तारकेश्वर न.पा.वडा नं.३ ।
बिगो रकम :- रु. १,४०,०००।- (अक्षरेपि एक लाख चालिस मात्र)
पक्राउ स्थान :-
जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १२ ।
पक्राउ मिति :- २०८१।०५।२७ गते ।
पीडित संख्या :- १ जना