“ फरार प्रतिवादी पक्राउ ”
२०८१-०५-२७
- A
- A-
- A+
घटना विवरण :
वादी उत्तम बहादुर महत प्रतिवादी जिल्ला काठमाण्डौ साविक कपन गा.वि.स.
९ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा.
वडा नं. ११ पैंयुटार बस्ने बर्ष ४८ को प्रकाश
बुढाथोकी क्षेत्री भएको रकम दिलाई
पाउँको विगो मुद्दामा (पुरानो लगत नं. ४६२
र नयाँ लगत नं. १६५२) निज प्रतिवादी प्रकाश बुढाथोकी क्षेत्रीलाई २ बर्ष कैद र रु.१०,००,०००/-
(दश लाख मात्र) जरिवाना भराउने भनी मिति २०७८।०४।२९ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौबाट फैसला
भई फरार रहेका प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै
जाँदा मिति २०८१।०५।२६ गते अं २०:०० बजेको समयमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ
न.पा. वडा ०६ टोखा स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्मानित
काठमाण्डौ जिल्ला अदालत बबरमहल, काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः प्रकाश बुढाथोकी क्षेत्री
उमेर : ४८ वर्ष,
ठेगानाः जिल्ला काठमाण्डौ साविक कपन गा.वि.स.
९ स्थायी वतन भई,
हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं. ११ पैंयुटार बस्ने ।