“कृषि फर्मको लागि कर्जा मिलाई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०५-२८
- A
- A-
- A+
घटना विवरण :
जिल्ला काठमाण्डौं नागार्जुन न.पा वडा नं. ९ दुर्गानगर कोलोनी बस्ने ज्ञान प्रसाद खतिवडाको छोरा बर्ष ५५ को नारायण प्रसाद खतिवडाले जाहेरवाला संग भेटघाट गरी आफुले BISHNU & SONU PVT.Ltd संचालक बिष्णु बहादुर कार्कीलाई चिनेको छु, उहाँले तपाईको कृषि फर्मको नाममा USA बाट १०,९९,८९८.- USD (नेपाली रु १४,५१,९८,५४८। २.५ प्रतिशत व्याजदर लाग्ने गरी कर्जा मिलाउन सक्नु हुन्छ भनि बिष्णु बहादुर कार्कीसंग मिली ठगीको उद्देश्य राखी बिभिन्न कागजात तयार गरी जाहेरवालासंग ग्यारेन्टी राख्न कृषि फर्मको नाममा रहेको कुमारी बैंकको चेक बिष्णु बहादुर कार्कीको नाममा काट्न भनि बिभिन्न मितिमा पटक पटक गरी रु १७,३१,०००।–(अक्षरेपि सत्र लाख एकतीस हजार) रकम बिष्णु बहादुर कार्कीलाई बुझ्न लगाई ठगी गरी फरार रहेकोमा मिति २०८१।०५।१८ गते सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती समेत जारी भएका निज नारायण प्रसाद खतिवडालाई खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२८ गते अं. १३:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ भद्रकालीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीः-
नाम:- नारायण प्रसाद खतिवडा
उमेर:-
बर्ष ५५
वतन:- जिल्ला काठमाण्डौं नागार्जुन न.पा वडा नं. ९ दुर्गानगर कोलोनी