“ वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-०५-२८
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने
भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. २५ सुन्धाराबाट मिति
२०८१।०५।२७ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग,
ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- राम कुमार जिमी
उमेर :- ४२ वर्ष
वतन :- जिल्ला झापा कमल गा.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ०२ ।
बिगो रकम :- रु. ४,५०,००० ।– (अक्षरेपि चार लाख पचास
हजार मात्र)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २५
सुन्धारा ।
पीडित संख्या :- ३ जना