“बैंकिङ कसुर मुद्धाका प्रतिवादी पक्राउ "
२०८१-०५-३१
- A
- A-
- A+
घटना विवरण :
वादी नेपाल सरकार
प्रतिवादी जिल्ला
कालिकोट खाँडाचक्र न.पा. वडा नं. ११ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ
महानगरपालिका वडा नं. २२ सुन्धारा बस्ने लंक बहादुर शाहीको छोरा बर्ष ४१ को धिर
बहादुर शाही भएको बैंकिङ कसुर मुद्धामा
सम्मानित कालिकोट जिल्ला अदालत,कालिकोटबाट मिति २०८१।०२।२८ गते पक्राउ अनुमति
प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास
गर्दै जाँदा मिति २०८१।०५।३१ गते बिहान अन्दाजी ०६:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ
महानगरपालिका वडा नं.२२ सुन्धारा नजिक फेला पारी
कानून बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।०५।३१
गते जिल्ला प्रहरी कार्यालय कालिकोट पठाईएको ।
पक्राउ
व्यक्तिः-
नामः धिर बहादुर शाही ।
उमेर : ४१ वर्ष
ठेगानाः जिल्ला कालिकोट खाँडाचक्र न.पा. वडा नं. ११ स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका
वडा नं. २२ सुन्धारा बस्ने ।