“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०६-०२
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई र अल्बानिया लगायतका देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- राजन अर्याल
उमेर :- २८ वर्ष
वतन :- जिल्ला स्याङजा
वालिङ न.पा. वडा नं. ०१ ।
हाल :- जिल्ला
काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०२ ।
बिगो रकम :- रु. ३,००,०००।–( अक्षरेपि तीन लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा.वडा नं. ०२ ।
पक्राउ मिति :- २०८१।०५।३१ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :-
जय नारायण राजवंशी
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला झापा
बाह्रदशी गा.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला भक्तपुर
मध्यपुर ठिमी न.पा. वडा नं. ०३ गठ्ठाघर ।
बिगो रकम :- रु. ५,५०,०००।– ( अक्षरेपि पाँच लाख पचास
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.
०३ गठ्ठाघर ।
पक्राउ मिति :- २०८१।०६।०१ गते ।
पीडित संख्या :- १ जना