“बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-०६-०६
- A
- A-
- A+
सम्मानित
काठमाण्डौ जिल्ला अदालत ववरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी
जारी भई फरार रहेका प्रतिवादी जिल्ला काभ्रेपलाञ्चोक साविक पोखरी नारायणस्थान गा.वि.स.
वडा नं. ६ हाल परिवर्तित तेमाल गा.पा.वडा नं.५ घर भई काठमाण्डौ जिल्ला काठमाण्डौ
महानगरपालिका वडा नं.६ बस्ने प्रेम ध्वज लामाको छोरा बर्ष २८ को शशङ्क लामालाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०६।०६ गते जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. ६ बौद्दबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर,भद्रकाली
काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्ति:
नाम थर:- शशङ्क लामा
स्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक पोखरी नारायणस्थान गा.वि.स. वडा नं. ६ हाल परिवर्तित
तेमाल गा.पा.वडा नं.५
हाल:- काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.६ बौद्द
उमेर:- २८ बर्ष