मिति २०७८/०७/२८ गते जिल्ला काठमाण्डौ का.म.न.पा-३२, कोटेश्वर स्थित गेष्ट हाउसमा जि. कंचनपुर, भिमदत्त न.पा-०७ घर भई हाल जिल्ला ललितपुर लेले बस्ने बर्ष ३६ को गोबिन्द सिंह बिष्टले १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेको भन्ने पीडित परिवारको उजुरीका आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले निज अभियुक्तलाई मिति २०७८/८/०८ गते अ. १४:०० बजेको समयमा जिल्ला काठमाण्डौ, कोटेश्वर चोकबाट पक्राउ गरी थप अनुसन्धानका लागि म.न.प्र बृत बानेश्वर, काठमाण्डौमा पठाईएको। ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
१. मिति २०७८/०७/२८ अ. १४;३० बजेको समयमा जि.ललितपुर लगनखेल बसपार्कमा पीडित बालिकासँग भेट भई ललाई फकाई कोटेश्वर ल्याएको ।
२. कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाई लगाउने कपडा समेत किनिदिएको ।
३. कोटेश्वर चोक स्थित गेष्ट हाउसमा रुम बुकिङ्ग गरी बालिका लाई उक्त कोठामा राखी करणी गरेको ।
४. मिति २०७८/७/२९ गते बिहान अ. ५;४५ को समयमा बालिकालाई कोटेश्वरबाट सार्वजानिक बस प्रयोग गरी लगनखेल बसपार्क पुर्याई सोही ठाँउबाट आफू फरार भएको ।
पक्राउ व्यक्तिः-
१.जिल्ला कंचनपुर भिमदत्त न.पा.-७ घर भई हाल जिल्ला ललितपुर, लेले बस्ने बर्ष ३६ को गोबिन्द सिंह बिष्ट ।