“पैसाको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने व्यक्तिहरु पक्राउ”
२०८१-०६-०६
- A
- A-
- A+
जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.६ बौद्द तिनचुली फुलबारी मार्ग स्थित
पुष्पा लामाको घरको दोस्रो तल्लामा सोनम तामाङ समेतले संचालन गरेको Game Zone लेखिएको सटरमा Fish Shoot Game मा रकमको हारजित हुने गरी खेल्ने/ खेलाउने गरेको भन्ने
सूचनाको आधारमा यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले उक्त Fish Shoot Game खेली रहेको अवस्थामा सोनम तामाङ, लोप्साङ
लामा, तेन्जिङ नोर्बु शेर्पा, तासाङ, जाम्पा खेदुप, नोर्बु सम्देन र उक्त जुवा खेलाउने मुख्य
ब्यक्ति चाईनिज नागरिक Wei Chunlin समेतलाई मिति २०८१।०६।०४ गते जुवा खेलाउने
उपकरण सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको ।
पक्राउ व्यक्तिहरु:
१.
चिनको तिब्बत स्थित आम्दो घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. ६ बौद्ध फुलबारी बस्ने टासीको छोरा वर्ष २४ को सोनाम तामाङ भन्ने सोनाम ।
२.
भारत देश बिहार प्रदेश बेङलोरू घर भई हाल जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. ६ बौद्ध टुसाल बस्ने जाम्पा खेदुप ।
३.
चिनको तिब्बत स्थित ल्हासा घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.
वडा नं. ६ तिनचुली वस्ने झाम्प्तेनको छोरा वर्ष ३० को नोर्बु साम्देन ।
४.
चिनको तिब्बत स्थित सिगाचे घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. ६ बौद्ध टुसाल बस्ने तेन्जिङ साङ्पोको छोरा वर्ष २७ को दासाङ ।
५.
चिन देश Sichuan Province, Shiniu
Town घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २७ बस्ने Wei
bang Cheng को छोरा वर्ष ४५ को चाइनिज नागरिक Wei Chunlin ।
६.
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ६ सिमलटार बस्ने टासी शेर्पाको
छोरा वर्ष २८ को तेन्जिङ नोर्बु शर्पा ।
७.
जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नं. ४ घर भई
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ६ तिनचुली बस्ने बुलबुले लामाको छोरा
वर्ष ३५ को लोप्साङ लामा ।
बरामद सामाग्री:
Fish
Shoot Game खेल्ने उपकरण थान-१
नगद जम्मा ने.रु १२,०१,०००।–(
बाह्र लाख एक हजार )
नगद Chinese Yuan ३,१००।–(
तिन हजार एक सय)
अमेरिकन डलर २,०००।– ( दुई
हजार )
बिभिन्न कम्पनिको मोबाइल थान-७