“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-०६-०७
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई र क्रोएसिया लगायतका
देशहरुमा लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल
काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्तिहरु:-
१.
नाम
थर :- प्रज्ञान उप्रेती
उमेर :- २९ वर्ष
वतन :- जिल्ला ताप्लेजुङ
फुङलिङ न.पा. वडा नं. ०५ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३२ कोटेश्वर
।
बिगो रकम :- रु. ५,००,०००।–( अक्षरेपि पाँच लाख मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३२
कोटेश्वर ।
पक्राउ मिति :- २०८१।०६।०६ गते ।
पीडित संख्या :- १ जना
२.
नाम
थर :-
विश्वराज रुम्बा
उमेर :- ३२ वर्ष
वतन :- जिल्ला मकवानपुर
थाहा न.पा. वडा नं. ०६ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. १४ कलंकी ।
बिगो रकम :- रु. २,५०,०००।– ( अक्षरेपि दुई लाख पचास
हजार मात्र )
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४
कलंकी ।
पक्राउ मिति :- २०८१।०६।०६ गते ।
पीडित संख्या
:- १ जना