प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरु पक्राउ”

२०८१-०६-०७

  • A
  • A-
  • A+
Share

उपरोक्त सम्बन्धमा जुवा सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट मिति २०८१।०६।०४ गते बरामद जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजको नेपाली नागरिकता काठमाण्डौको बौद्द महाकाल बस्ने छिरिङ ढुन्डुपले ने.रु.४,००,०००।– ( चार लाख ) मा बनाई दिएको भन्ने खुल्न आएकोले यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०८१।०६।०५ गते र मिति २०८१।०६।०६ गते काठमाण्डौको बिभिन्न स्थानबाट छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको ।

पक्राउ व्यक्तिहरु:

 

१.  जिल्ला धादिङ नेत्रावती गा.पा. वडा नं.१ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.१० मनमैजु बस्ने सन्त बहादुर तामाङको छोरा बर्ष ३१ को मदनबहादुर तामाङ ।

२.  जिल्ला धादिङ खनियाबास गा.पा. वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.सोह्रखुट्टे बस्ने कृष्ण प्रसाद रिजालको छोरा बर्ष ५६ को रामेश्वर रिजाल ।

३.   चिनको तिब्बत स्थित हिन्दे घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.६ महांकाल बस्ने नुर्बुको छोरा बर्ष ५३ को छिरिङ ढुन्डुप ।

४.  जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने गेम्बे शेर्पाको छोरा बर्ष ४६ को छिरिङ् वाङ्दीन शेर्पा ।

बरामद सामाग्री:

विभिन्न कम्पनीको मोबाईल थान- ६

सोनाम तामाङको नाममा रहेको (ना.प्र.प नं.२६-०१-८१-०३२१७) भएको नागरिकता थान-१

 

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-

Ø सोनाम तामाङ भन्ने सोनामले छिरिङ ढुन्डुपलाई बौद्दमा भेटी नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनलाई ने.रु. ४,००,०००।–(चार लाख ) दिएको ।

Ø  सोनाम तामाङ भन्ने सोनामले दिएको ने.रु. ४,००,०००।–(चार लाख ) मध्ये ५० हजार छिरिङ ढुन्डुप आफुले राखी रु.३,५०,०००।–(तिन लाख पचास हजार) छिरिङ वाङ्दिन शेर्पालाई दिएको ।

Ø  छिरिङ वाङ्दिन शेर्पाले लिएको रु.३,५०,०००।–(तिन लाख पचास हजार) मध्ये रु.५०,०००।–(पचास हजार) आफु संग राखी रु.३,००,०००। ( तिन लाख ) रामेश्वर रिजाललाई दिएको ।

Ø  छिरिङ वाङ्दिन शेर्पाले राखेको रु.५०,०००।–(पचास हजार ) मध्ये रु.४५,०००.।–(पैतालीस हजार)  सोनाम तामाङ भन्ने सोनामको राष्ट्रिय परिचय पत्र र राहदानी बनाउनलाई पुन: रामेश्वर रिजाललाई दिएको ।

Ø  रामेश्वर रिजालले लिएको रु.३,४५,०००।–(तिन लाख पैतालीस हजार) मध्ये रु.१,४५,०००।–(एक लाख पैतालीस हजार) आफु संग राखी रु.२,००,०००।– (दुइ लाख) मदनबहादुर तामाङलाई दिएको ।

Ø  मदनबहादुर तामाङले लिएको रु.२,००,०००।– ( दुई लाख ) मध्ये आफु रु.१,५०,०००।–(एक लाख पचास हजार) राखी रु.५०,०००।– (पचास हजार) जिल्ला प्रशासन कार्यालयको कर्मचारीलाई दिई बनाएको भन्ने बुझिएको ।

Ø  तिब्बती नागरिक सोनामको सक्कली बुबा काबसान टासी रहेकोमा सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी मिति २०८१।०३।०६ गते (ना.प्र.प.न. २६-०१८१-०३२१७) प्राप्त गरेको नेपाली नागरिकतामा जिल्ला धादिङ नेत्रावती डबजोङ गा.पा. वडा नं. १ ठेगाना भएको किर्ते बुबा हर्कमान तामाङलाई खडा गरी नागरिकता लिएको ।

उक्त नागरिकता प्राप्त गर्न सोनाम तामाङ भन्ने सोनाम जिल्ला प्रशासन कार्यालय धादिङमा उपस्थित समेत नभई नागरिकता प्राप्त गरेको तथ्य तिब्बती नागरिक सोनामबाट खुल्न आएको ।

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण ः     नाम थर      :- अशोक कुमार साहुउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा. वडा नं.०५ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :-  कुवेतबिगो रकम   :- रु. ४,००,०००।-(चार लाख)पक्राउ मिति  :- २०८२/०२/१६ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।१. नाम थर   :- टोपेन्द्र राना मगरउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । देश            :-  जापानबिगो रकम   :- रु.४२,३०,०००।-(बयालीस लाख तिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०५ । पीडित संख्या:- २ जना२. नाम थर      :- ङिमा शेर्पाउमेर           :- ३९ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ । देश            :-  पोल्याण्डबिगो रकम   :- रु.४,२०,०००।-(चार लाख बिस हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.४ । पीडित संख्या:- २ जना३. नाम थर :- शिवराम घिमिरेउमेर          :- ४० वर्षस्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं.०२ ।हाल          :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०५ । देश            :- न्युजिल्याण्डबिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ । पीडित संख्या:- १ जना

" ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१४

आफु CID मा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउने राम कुमार सापकोटा र अव्जन चदाराले वैदेशिक रोजगारको लागि दुबई जान भनि रु ३०,००,०००।–( तीस लाख ) रकम ठगीमा परेका व्यक्तिहरुको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी जम्मा रु ४,५०,०००।–( चार लाख पचास हजार ) नगद तथा ग्लोबल आइ.एम.ई. बैंकको रु २,५०,०००।–(दुइ लाख पचास हजार)को  चेक काट्न लगाई ठगी गरेको भन्ने व्यहोराको उजुरी यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा उक्त कार्यमा संलग्न राज कुमार सापकोटा र ओव्जन चदारालाई मिति २०८२।०२।१३ गते जिल्ला काठमाण्डौ कीर्तिपुर नगरपालिका वडा नं. १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१.   नामथर : राम कुमार सापकोटा  उमेर    : ३४ वर्ष  ठेगाना : जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७    हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२.  नामथर : ओव्जन चदारा   उमेर    : २८ वर्ष   ठेगाना : जिल्ला बाजुरा बुढिनन्दा नगरपालिका वडा नं.३   हाल    : जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. ३ 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर      :-एलिया तामाङउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला कञ्चनपुर पुनरबास न.पा. वडा नं.०२ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०७ । देश            :-  यु.केबिगो रकम   :- रु. ६,००,०००।-(छ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०१ । पीडित संख्या:- १ जना२. नाम थर     :- कृष्ण कुमार घिमिरेउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला दोलखा बैतेश्वर गा.पा. वडा नं.०६ ।हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । देश            :-क्रोएसिया बिगो रकम   :-  रु.२,००,०००।-(दुइ लाख)पक्राउ मिति  :- २०८२/०२/१३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- १ जना  

“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३

वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको  बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: बाबुराम खत्री    उमेर:  ३५ बर्ष    ठेगाना: जि. दोलखा भिमेश्वर न.पा. वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने    पक्राउ मिति: २०८२।०२।१३ गते    पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. ७ सिफल     अनुसन्धानको क्रममा खुल्न आएका तथ्य: Ø प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार ।