“वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०६-२१
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै २ जना
पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा
पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.
३१ शंखमुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- पारस कार्की
उमेर :- २८ वर्ष
वतन :- जिल्ला मकवानपुर हेटौंडा उप.म.न.पा. वडा नं. २४ ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा नं. ३१ शंखमुल ।
बिगो रकम :- रु. २,२५,०००।– ( दुई लाख पच्चिस हजार)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३१
शंखमुल ।
पक्राउ मिति :- २०८१।०६।२० गते ।
पीडित संख्या
:- २ जना