“आपराधिक लाभ (एक्सटर्सन) लिने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०६-२२
- A
- A-
- A+
आपराधिक
लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले डर त्रास देखाई रकम माग गरेको
भन्ने जाहेरीको आधारमा यस कार्यालयबाट अनुसन्धान गर्न खटिएको प्रहरी टोलिले उक्त
घटनामा संलग्न अश्विन दानीलाई पीडितसंग
लिएको रकम सहित मिति २०८१।०६।२२ गते काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं. ७ कपनबाट पक्राउ
गरी आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ
पठाईएको ।
साथै, निज प्रतिवादी अश्विन दानीलाई जिल्ला
प्रहरी कार्यालय, नुवाकोटबाट चन्द्र बहादुर तामाङको जाहेरीले ठगी मुद्दामा
प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको ।
पक्राउ व्यक्तिः
१.
नाम: अश्विन दानी
ठेगाना
: जि.गोरखा, गोरखा न.पा.वडा नं.०३
हाल
: का.जि.बुढानिलकण्ठ न.पा.वडा नं.१२ कपन