“बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-०७-०२
- A
- A-
- A+
वादी नेपाल सरकार
प्रतिवादी जिल्ला सिराहा, सिराहा न.पा. वडा नं. ०४ घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ बालुवाटार
ढुंगेधारा वस्ने वर्ष ४१ को हसन राजा रहेको बैंकिङ कसूर मुद्दामा सम्मानित जिल्ला
अदालत बबरमहल काठमाण्डौको फैसलाले २ वर्ष कैद सजाय तोकि फरार रहेका निम्न
प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।०१ गते अन्दाजी
१५:३० बजेको समयमा जिल्ला काठमाण्डौं
का.म.न.पा.वडा नं. ०४ बालुवाटारबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बबरमहल,
काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- हसन राजा
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला सिराहा, सिराहा न.पा. वडा नं. ०४ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४ बालुवाटार ।
सजाय :- २ वर्ष कैद
बिगो रकम :- रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार)
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०४
बालुवाटार ।
पक्राउ मिति :- २०८१।०७।०१ गते ।