"नक्कली नागरिकता र नक्कली पक्राउ पुर्जी प्रयोग गरी अनुचित लाभ लिने व्यक्ति पक्राउ”
२०८१-०७-०२
- A
- A-
- A+
जाहेरवालाले प्रेम बहादुर थापा मगरलाई रु.१०,०००।–(अक्षेरुपी
दश हजार) तिर्नु पर्नेमा सो बापत ग्यारेन्टीको लागि लिएको खाली चेकमा आफै रु.२,००,०००।–(अक्षेरुपी दुई लाख) भरी
बाउन्स समेत गराई नक्कली पक्राउ पुर्जी बनाई आफुले प्रयोग गर्ने WhatsApp को प्रोफाईलमा पूर्ब प्रहरी महानिरीक्षकको युनिफर्म सहितको फोटो प्रयोग
गरी आफु प्रहरी भएको बताई पिडितलाई पैसा नतिरे तुरुन्त
पक्राउ गरी थुन्ने भनी धम्की दिएको भनी निवेदन पर्न आएपश्चात यस कार्यालयबाट
खटिएको विशेष प्रहरी टोलीले अनुसन्धान गरी निज प्रेम बहादुर थापा मगरलाई मिति
२०८१।०७।०१ गते काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा.वडा नं.६ मुलपानीबाट
पक्राउ गरी निजको डेराकोठा खानतलासी गर्दा विभिन्न व्यक्तिहरुको विवरण राखी आफ्नै
फोटो प्रयोग गरी बनाएका ५ थान नक्कली नागरिकता र ३ थान नक्कली सवारी चालक अनुमती
पत्रहरु समेत बरामद गरी निजलाई अनुचित
लेनदेन तथा लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि मिति २०८१।०७।०२ गते
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
जिल्ला रामेछाप दोरम्बा गाउँपालिका वडा नं. ७ घर भई
हाल जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ मुलपानी वस्ने वर्ष
२६ को प्रेम बहादुर थापा मगर ।