“बैकिङ कसूर मुद्दामा २ करोड ५० लाख जरीबाना भई फरार रहेका व्यक्ति पक्राउ"
२०८१-०७-२७
- A
- A-
- A+
राम बहादुर थिङको जाहेरीले वादी नेपाल सरकार
प्रतिवादी दिव्य श्रेष्ठ भएको बैकिङ कसुर
मुद्दामा प्रतिवादी दिव्य श्रेष्ठलाई २ (दुई) महिना कैद, बिगो रू.२,५०,००,०००।- (अक्षरुपी दुई करोड पचास लाख)
जाहेरवालालाई भराई बिगो बमोजिम रू.२,५०,००,०००।-(अक्षरुपी दुई करोड पचास लाख) जरीबाना र
क्षतिपूर्ति बापत पीडित राहतकोषमा रू.१०,००,०००।- (अक्षरुपी दश लाख) जम्मा गराउने ठहर भई मिति २०८०/०३/०३ गते सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट फैसला भई हाल सम्म फरार रहेका दिब्य श्रेष्ठलाई यस कार्यालयबाट खटिएको
प्रहरी अधिकृतको टोलीले मिति
२०८१।०७।२६ गते अं.१६:३० बजेको समयमा जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.४ जावलाखेलबाट पक्राउ
गरी फैसला कार्यान्वयनको लागि आज सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरमा पठाइएको ।
पक्राउ व्यक्तिः-
१.
नामथरः
दिब्य श्रेष्ठ ।
उमेर : ३७ वर्ष
ठेगानाः जिल्ला धनुषा जनकपुर उप.म.न.पा.वडा नं.९ ।