“ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ "
२०८१-०७-२८
- A
- A-
- A+
घटना विवरण :
ललित बहादुर पाईन समेतका व्यक्तिहरुले पीडितलाई अमेरिकन
डलर साट्ने बहाना बनाई जिल्ला भक्तपुर चाँगुनारायण न.पा.वडा नं.३ मा बोलाई नेपाली
नगद रु. ९,००,०००।- (अक्षेरुपी नौ लाख) ठगी गरी फरार भएको घटनामा संलग्न रहेका
निम्न व्यक्तिहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, PRCB भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।२७
गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.४ बाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागि मिति २०८१।०७।२८ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको ।
पक्राउ व्यक्तिहरु :-
१.
नामथरः
ललित बहादुर पाईन ।
उमेर : २६ वर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं ०३ धार्पा ।
२.
नामथरः
कृष्ण
लाल पाईन ।
उमेर : २४ वर्ष
ठेगानाः जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं ०३ धार्पा ।