“वैदेशिक रोजगारमा रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०८-०२
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा
राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- मनिल कुमार लामा
उमेर :- ३९ वर्ष
वतन :- जिल्ला सिन्धुपाल्चोक
लिसंखुपाखर गा.पा. वडा नं. ०७ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०५ ।
बिगो रकम :- रु. ४,६०,०००।– (चार लाख साठ्ठी हजार)
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०५ ।
पक्राउ मिति :- २०८१।०८।०२ गते ।
पीडित संख्या :- १ जना