“नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-०८-०२
- A
- A-
- A+
Facebook लगायत सामाजिक सञ्जालमा Fake Account निर्माण गरी सोही आईडिहरुको
दुरुपयोग गर्दै केटी साथीहरू बनाई आफू फ्रान्स, सिंगापुरको लाहुरे
हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि
कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाण्डौं, चितवनको बिभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई
चेक तथा नगद गरी १६,८३,६०० साथै बिभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई-सेवा वालेटहरुमा
पटक-पटक गरी रु. १०,९९,६०० गरी जम्मा रु. २७,८३,२०० (सत्ताईस
लाख त्रियासी हजार दुई सय) रकम ठगी गर्ने व्यक्तिको खोजतलास
एवं अनुसन्धान गर्दै जाँदा उक्त कार्यमा संलग्न जिल्ला तनहुँ आँबुखैरेनी गाउपालिका
वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं. ७ हाईभिजिन कोलोनी
बस्ने रुद्र बहादुर गुरुङलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं
कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको ।
पक्राउ
व्यक्तिको विवरणः
१.
नामथर
: रुद्र बहादुर गुरुङ
ठेगाना
: जिल्ला तनहुँ
आँबुखैरेनी गाँउपालिका वडा नं. ५
हाल : जिल्ला काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं. ७