प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ ”

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला भक्तपुर,भक्तपुर न.पा.वडा नं.७ बस्ने बर्ष ५२ को राजेन्द्र तुई तुईलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।०४।०४ गते जिल्ला भक्तपुर, भक्तपुर न.पा.वडा नं.७ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाण्डौं पठाईएको ।

पक्राउ व्यक्ति:

नाम थर:- राजेन्द्र तुई तुई

स्थायी वतन:- जिल्ला भक्तपुर,भक्तपुर न.पा.वडा नं.७

हाल:- जिल्ला भक्तपुर,भक्तपुर न.पा.वडा नं.७

उमेर:- ५२ बर्ष 

सम्बन्धित समाचार
“ बैकिङ कसूर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ "
२०८१-०८-०५

लक्ष्मी कुमारी शर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विष्णुमाया के.सी.भएको बैंकिङ कसुर मुद्दामा प्रतिवादी विष्णुमाया के.सी.ले जाहेरवालालाई रु. १,५०,००, ०००।- (अक्षेरुपी एक करोड पचास लाख) बराबरको चेक दिई खातामा प्रयाप्त रकम मौज्दात नभई वाउन्स भई सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई फरार रहेकी विष्णुमाया के.सी.लाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, PCCB बौद्धबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०४ गते जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.६ बौद्धबाट नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागि प्रहरी बृत्त बौद्ध, काठमाण्डौमा पठाइएको ।    पक्राउ व्यक्ति :-१.                   नामथरः विष्णुमाया के.सी ।     उमेर :  ३९ वर्ष     ठेगानाः  जिल्ला म्याग्दी बेनी न.पा. वडा नं ०९ ।

“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-०८-०५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.   नाम थर  :- रचना परियारउमेर    :-   २१ वर्ष      वतन   :- जिल्ला चितवन कालिका न.पा. वडा नं. ०७ ।बिगो रकम  :- रु. १८,००,०००।– (अठार लाख) देश    :-    हंगेरीपक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पक्राउ मिति :- २०८१।०८।०४ गते ।पीडित संख्या  :- २ जना   २.      नाम थर  :- प्रकाश बहादुर रोक्का मगरउमेर    :-   २७ वर्ष      वतन   :- जिल्ला डोटी बडीकेदार गा.पा. वडा नं. ०२ ।हाल :- जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं.१० ।बिगो रकम  :- रु. १,००,०००।– (एक लाख) देश    :-  माल्टापक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०९ । पक्राउ मिति :- २०८१।०८।०४ गते । पीडित संख्या  :- १ जना   

"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०८-०५

सामाजिक संजाल Facebook, WhatsApp मा सम्पर्क गरी  अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा रहेको बताई पीडितहरुलाई सिरियाको मिसनमा कमाएको केहि डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आई अस्पताल खोल्ने, अनाथहरुलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरुलाई पनि दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी  विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाताहरुमा रु ७,७५,०००।– (अक्षरेपी सात लाख पचहत्तर हजार मात्र)  रकम पठाउन लगाई ठगी गरेकोले उक्त ठगी कार्यमा संलग्न रहेको राजेश श्रेष्ठलाई मिति २०८१।०७।०४ गते जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ५ हाडीगाँउबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ परेको व्यक्तिको विवरण:-नामः- राजेश श्रेष्ठउमेरः- ३७ वर्षठेगानाः- जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ३२ वतन भएको ।

"नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०८-०५

सामाजिक संजाल Facebook, मा Subedi Abishek नामक  Fake Facebook ID बाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि Facebook मा बिज्ञापन पोष्ट गरी पीडितसंग म्यासेन्जर र WhatsApp मा कुरा गरी  बैंक खातामा रु २,१५,०००।– ( अक्षरेपी दुई लाख पन्ध्र हजार मात्र) पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको सुरज पौडेललाई मिति २०८१।०७।०४ गते जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. १२ टेकुबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको । पक्राउ पश्चात खुल्न आएका कुराहरु:-Ø निज सुरज पौडेलको साथमा रहेको Oppo कम्पनीको रातो  रंगको IMEI No. 866155051718992/ 866155051718984 भएको मोबाईल खोलि हेर्दा निजले Krishna Mukhiya , Rabi Mahat नामक fake facebook ID र Whatsapp No. 9745299989, 9821203165 समेत खोली निवेदक लगायत अन्य व्यक्तिहरुलाई बिदेश पठाई दिन्छु भनि कुराकानी गरेको Chat History मा म्यासेज र अडियो समेत रहेको ।  पक्राउ परेको व्यक्तिको विवरण:- नामः-  सुरज पौडेलउमेरः- २१ वर्षठेगानाः- जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.३१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्‍वर न.पा.वडा नं.७ बस्ने ।

“ बैकिङ कसूर मुद्दामा १६ लाख जरीवाना भई फरार रहेका व्यक्ति पक्राउ "
२०८१-०८-०५

राजिव श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बालकृष्ण महर्जन भएको बैकिङ कसुर मुद्दामा प्रतिवादी बालकृष्ण महर्जनलाई ५ (पाँच) दिन कैद, बिगो रू.१६,००,०००।- (अक्षेरुपी सोह्र लाख) जाहेरवालालाई भराई बिगो बमोजिम रू.१६,००,०००।- जरीवाना र रू.६४,०००।- (अक्षेरुपी चौसठ्ठी हजार) रकम क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर हुने गरी मिति २०८०/०२/२९ गते सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट फैसला भई हाल सम्म फरार रहेका बालकृष्ण महर्जनलाई यस कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलीले मिति २०८१।०८।०४ गते अं.१७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आज सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरमा पठाइएको । पक्राउ व्यक्तिः-१.            नामथरः बालकृष्ण महर्जन ।          उमेर :  ५६ वर्ष ।          ठेगानाः  जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ ।

“ WhatsApp मार्फत आफु Under World Network को Under Cover Agent हो भनि “ “डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ ”
२०८१-०८-०५

काठमाण्डौं उपत्यका भित्र बिभिन्न व्यक्तिहरुलाई ९८०९७०५२१५ नम्बरको WhatsApp मार्फत आफु Under World Network को Under Cover Agent हो भनि विहार लगायत अन्य ठाँउबाट Contract killer भाडामा लगाई ज्यान समेत मार्छु भनि Message गरी रु ५०,०००।–(पचास हजार) देखी रु २,००,०००।–(दुइ लाख) सम्म रकम माग गर्ने गरेको सूचना प्राप्त हुन साथ यस कार्यालयबाट खटि गएका प्रहरी टोलीले मिति २०८१।०८।०४ गते का.जि.का.म.न.पा शंखमुल ३१ बाट जिल्ला भोजपुर आम्तेक गा.वि.स. वडा नं. ६ परिवर्तित भोजपुर नगरपालिका वडा नं. ११ घर भई  हाल जिल्ला ललितपुर ग्वार्को सानो गाँउ  बस्ने वर्ष ३२ को डा.आशिष दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं पठाइएको ।पक्राउ व्यक्ति: १.जिल्ला भोजपुर आम्तेक गा.वि.स. वडा नं. ६ परिवर्तित भोजपुर नगरपालिका वडा नं. ११ घर भई  हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका सानो गाँउ बस्ने गंगा प्रसाद दाहालको छोरा वर्ष ३२ को डा. आशिष दाहाल (MBBS) ।