"अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”
२०८१-०८-०५
- A
- A-
- A+
सामाजिक संजाल Facebook, WhatsApp मा सम्पर्क गरी अमेरिकाको नागरिक हाल मिसनको लागि सिरियामा
रहेको बताई पीडितहरुलाई सिरियाको मिसनमा कमाएको केहि डलर नेपालमा पठाईदिन्छु, मिसन पश्चात नेपालमा आई अस्पताल
खोल्ने, अनाथहरुलाई सहयोग गर्ने, बाँकी रहेको डलर पीडितहरुलाई पनि दिने बताई कुरियर मार्फत डलर पठाएको छु भनेर विश्वास दिलाई कस्टम चार्ज,
एण्टी मनी लाउन्डरिङ्ग लगायतको चार्जको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक
खाताहरुमा रु ७,७५,०००।– (अक्षरेपी सात लाख पचहत्तर हजार मात्र) रकम पठाउन लगाई ठगी गरेकोले उक्त ठगी कार्यमा
संलग्न रहेको राजेश श्रेष्ठलाई मिति २०८१।०७।०४ गते जिल्ला काठमाण्डौं का.म.न.पा
वडा नं. ५ हाडीगाँउबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको
लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ परेको व्यक्तिको विवरण:-
नामः- राजेश श्रेष्ठ
उमेरः- ३७ वर्ष
ठेगानाः- जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. ३२ वतन भएको ।