प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ”

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

सामाजिक संजाल Facebook, मा Subedi Abishek नामक  Fake Facebook ID बाट दुबईमा वैदेशिक रोजगारको लागि सुवर्ण अवसर छ, भिजिट भिषामा दुबईमा आई काम गर्न मिल्छ भनि Facebook मा बिज्ञापन पोष्ट गरी पीडितसंग म्यासेन्जर र WhatsApp मा कुरा गरी  बैंक खातामा रु २,१५,०००।– ( अक्षरेपी दुई लाख पन्ध्र हजार मात्र) पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको सुरज पौडेललाई मिति २०८१।०७।०४ गते जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. १२ टेकुबाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।

पक्राउ पश्चात खुल्न आएका कुराहरु:-

Ø निज सुरज पौडेलको साथमा रहेको Oppo कम्पनीको रातो  रंगको IMEI No. 866155051718992/ 866155051718984 भएको मोबाईल खोलि हेर्दा निजले Krishna Mukhiya , Rabi Mahat नामक fake facebook ID Whatsapp No. 9745299989, 9821203165 समेत खोली निवेदक लगायत अन्य व्यक्तिहरुलाई बिदेश पठाई दिन्छु भनि कुराकानी गरेको Chat History मा म्यासेज र अडियो समेत रहेको ।

 पक्राउ परेको व्यक्तिको विवरण:-

नामः-  सुरज पौडेल

उमेरः- २१ वर्ष

ठेगानाः- जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.३१ घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्‍वर न.पा.वडा नं.७ बस्ने ।

सम्बन्धित समाचार
“चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१०-०८

मिति २०८१/०९/१६ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ भोटेबहाल स्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका बिभिन्न गरगहना र नगद समेत जम्मा रु. १६,५५,०००।– (सोह्र लाख पचपन्न हजार) मुल्य बराबरको चोरी भएको घटनामा संलग्न व्यक्तिहरुलाई CCTV फुटेजमा देखिएको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ९ ढुङ्गिनी बस्ने तिर्थ बहादुर थापा मगर समेतका ४ जना व्यक्तिहरुलाई मिति २०८१।१०।०७ गते ललितपुरको  बिभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला  प्रहरी परिसर  काठमाण्डौंमा पठाइएको ।पक्राउ परेका व्यक्तिहरुको विवरण :-     १.   जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ९ ढुङ्गिनी बस्ने वर्ष ३८ को तिर्थ बहादुर थापा मगर ।      २.     जिल्ला रामेछाप दोरम्बा गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला काठमाण्डौं गोठाटार बस्ने वर्ष ४३ को सुवास मगर ।      ३.     जिल्ला सिन्धुली मरिन गा.पा. वडा नं. २ घर भई हाल जिल्ला ललितपुर इमाडोल वर्ष ३८ की सुनिता तामाङ ।      ४.     जिल्ला खोटाङ रुपाकोट मझुवागडी न.पा. वडा नं. ९ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ मोति चोक बस्ने वर्ष ४७ को बलराम बिश्वकर्मा ।बरामद सामाग्रीको विवरण:-                                                                                                   १. स्वरुप परिवर्तन गरीएको सुन १ तोला ७७ लाल        २. बा.७१ प ७१९ नम्बरको एभिएटर स्कुटर र हेल्मेट थान १/१        ३. नगद रु. ३०,०००।– (तीस हजार)          ४. चोरी गर्दा प्रयोग भएको फलामको रड थान - १           ५. किप्याड मोबाइल फोन थान - २६. Redmi कम्पनीको मोबाइल थान – १७.  OPPO कम्पनीको मोबाइल थान – १  चोरी गर्दा लगाएको कपडा तथा जुत्ता  

“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-०८

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाईएको ।पक्राउ व्यक्ति:- १.   नाम थर                             :-          विजय साहउमेर                                  :-          ३६ वर्ष      वतन                                 :-          जिल्ला रौतहट बृन्दावन न.पा. वडा नं.६ ।हाल                                  :-          काठमाडौं जिल्ला नागार्जुन न.पा. वडा नं.०४ ।बिगो रकम                          :-          रु. ८०,०००।– (असी हजार) देश                                   :-          मलेसियापक्राउ स्थान                        :-          जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.२६ ।पक्राउ मिति                         :-         २०८१।१०।०७ गते ।पीडित संख्या                      :-          १ जना                २.   नाम थर                           :-          नेहा अधिकारी  उमेर                                 :-          ३२ वर्ष       वतन                                :-          जिल्ला धनुषा धनुषाधाम न.पा. वडा नं.४ । हाल                                 :-          जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०५ । बिगो रकम                         :-          रु. २४,५०,०००।– (चौबिस लाख पचास हजार)  देश                                  :-          यु.के. पक्राउ स्थान                       :-          ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१७ । पक्राउ मिति                       :-          २०८१।१०।०७ गते । पीडित संख्या                     :-          १ जना                 ३.   नाम थर                           :-          विवाह घले  उमेर                                 :-          ४७ वर्ष       वतन                                :-          जिल्ला धदिङ नेत्रावती डबजोङ गा.पा. वडा नं.५ हाल                                 :-          ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०२ । बिगो रकम                         :-          रु. ४,००,०००।– (चार लाख)  देश                                  :-          जापान पक्राउ स्थान                       :-          ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०१ । पक्राउ मिति                       :-          २०८१।१०।०८ गते ।  पीडित संख्या                     :-          १ जना

“नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ”
२०८१-१०-०८

नागरिकता सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति जारी भई फरार रहेका  जिल्ला चितवन, भरतपुर म.न.पा- वडा नं १४ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ सिनामंगल  बस्ने वर्ष ४९ को शिव बहादुर बिष्टलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।०७ गते अं १७:३० गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं १ दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।१०।०८ गते  जिल्ला प्रहरी कार्यालय चितवन  पठाईएको । पक्राउ व्यक्तिः१.      नाम: शिव बहादुर बिष्ट उमेरः ४९ वर्षठेगाना : चितवन, भरतपुर म.न.पा - १४      हाल : काठमाण्डौ का.म.न.पा. वडा नं.०९, सिनामंगल

“ वैदेशिक रोजगारीमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-०७

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरु:-१.   नाम थर            :-  तिलक बहादुर कार्की  उमेर                 :-   ३४ वर्ष      वतन                :-   जिल्ला बाग्लुङ ताराखोला गा.पा. वडा नं. ०३ ।हाल                :-    जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६, सामाखुशी । बिगो रकम        :-    रु. १,००,०००।– (एक लाख) देश                  :-   यु.के.पक्राउ मिति       :-   २०८१।१०।०६ गते ।पीडित संख्या     :-   १ जना     २.   नाम थर        :-   हरि बहादुर बिष्ट उमेर                :-    ३६ वर्ष      वतन                :-   जिल्ला प्युठान नौबहिनी गा.पा. वडा नं. ०६ ।हाल                :-    जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १४,बल्खु । बिगो रकम        :-    रु. २,००,०००।– (दुइ लाख) देश                 :-    अमेरिकापक्राउ मिति      :-    २०८१।१०।०७ गते ।पीडित संख्या    :-    २ जना  ३.  नाम थर           :- जमुना परियार उमेर                :-    ३४ वर्ष      वतन                :-   जिल्ला स्याङ्जा गल्याङ न.पा. वडा नं. ०८ ।हाल                :-    जिल्ला काठमाण्डौं  टोखा न.पा. वडा नं. ०८,बानियाटार । बिगो रकम        :-    रु. २८,००,०००।– (अट्ठाइस लाख) देश                 :-    अष्ट्रेलियापक्राउ मिति      :-    २०८१।१०।०७ गते । पीडित संख्या    :-    ३ जना   

“त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र सहित मानिस पक्राउ ”
२०८१-१०-०७

घटना विवरण:जिल्ला काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ श्रीखण्डपुर बस्ने बर्ष ४८ को बिकास श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचना यस कार्यालयमा प्राप्‍त भए पश्चात निजको साथमा रहेको शैक्षिक योग्यताको प्रमाणपत्रहरुको थप अनुसन्धान गर्दा रजिष्ट्रेशन नं. ‌36061-93 भएको Bachelor’s Degree in Business Studies र Master’s Degree in Business Studies को ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनि त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात निज बिकास श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।१०।०७ गते जिल्ला काभ्रेपलान्चोक धुलीखेल न.पा. वडा नं. ५ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको ।बरामद समाग्री:१.   N.C.C बाट जारी भएको स्नातकोत्तर तहको CHARACTER CERTIFICATE थान-१ २.   T.U बाट जारी भएको स्नातकोत्तर तहको PROVISIONAL CERTIFICATE थान-१३.   त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र थान-१ ४.   नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र थान-१५.   T.U बाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको ACADEMIC TRANSCRIPT थान-१ ६.   T.U बाट जारी भएको BBS को PROVISIONAL CERTIFICATE थान-१७.   Realme कम्पनिको मोबाइल थान-१ साथै अन्य कागजातहरु  पक्राउ व्यक्ति:                                                                   नाम थर:- विकास श्रेष्ठ स्थायी वतन:- जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं.५हाल:- जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ५  

“मोबाईल चोरी गरी रकम ठगी गर्ने कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ”
२०८१-१०-०७

घटना विवरणः           मोबाईल तथा व्यक्तिगत कागजातहरु चोरी गरी विभिन्न पसलहरुमा गई ईसेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात केही समयपछि नगद लिएर आउछु भनी चोरी गरेको मोबाईल तथा कागजातहरु धितो राखी फरार भई ठगी गर्ने कार्यमा संलग्न रहेका निम्न वतन भएका व्यक्तिहरुलाई मिति २०८१।१०।०७ गते काठमाण्डौको विभिन्न स्थानहरुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्तिहरु:-१. नामथर: ध्रुब कुमार राय                                                                         उमेर: ३५ बर्ष   ठेगाना: जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. ०७ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २४ बस्ने । २. नामथर: राजन डंगोल    उमेर: ४१ बर्ष    ठेगाना: जिल्ला काठमाण्डौँ का.म.न.पा वडा नं. २४ बस्ने ।  बरामद भएका सामानहरुको विवरण:-१.      Apple कम्पनीको Iphone ‍- थान १२.      Oppo कम्पनीको मोबाईल - थान १३.      Redmi कम्पनीको मोबाईल - थान २४.      Keypad मोबाईल - थान २५.      सवारी चालक अनुमतिपत्रको प्रतिलिपि - थान १ ६.      ब्लु बुक - थान १