“ बैकिङ कसूर मुद्दामा १६ लाख जरीवाना भई फरार रहेका व्यक्ति पक्राउ "
२०८१-०८-०५
- A
- A-
- A+
राजिव श्रेष्ठको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी बालकृष्ण महर्जन भएको बैकिङ कसुर मुद्दामा प्रतिवादी बालकृष्ण महर्जनलाई ५ (पाँच) दिन कैद, बिगो रू.१६,००,०००।- (अक्षेरुपी सोह्र लाख) जाहेरवालालाई भराई बिगो बमोजिम रू.१६,००,०००।- जरीवाना र रू.६४,०००।- (अक्षेरुपी चौसठ्ठी हजार) रकम क्षतिपुर्ति
बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर हुने गरी मिति २०८०/०२/२९ गते सम्मानित उच्च अदालत पाटन, ललितपुरबाट फैसला भई हाल सम्म फरार रहेका बालकृष्ण
महर्जनलाई यस कार्यालयबाट खटिएको प्रहरी अधिकृतको टोलीले मिति २०८१।०८।०४ गते अं.१७:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा
नं. १५ स्वयम्भुबाट पक्राउ गरी फैसला कार्यान्वयनको
लागि आज सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरमा पठाइएको ।
पक्राउ व्यक्तिः-
१.
नामथरः
बालकृष्ण महर्जन ।
उमेर : ५६ वर्ष ।
ठेगानाः जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ ।